default_image

6 years ago

July 2, 2019

ब्राजिलले जर्मनीसँग खेलेको मैदानमै अर्जेन्टिनाको सामना गर्ने

97 views

0 Bookmark

एजेन्सी – ब्राजिल र अर्जेन्टिनाले कोपा अमेरिका २०१९ को सेमिफाइनल हुने बेलो होरीजोन्टेको इस्टाडियो मिनेराओ मैदानको छुट्टै इतिहास रहेको छ । र यो इतिहास ब्राजिलको लागि सुखद पक्कै छैन ।

सन् २०१४ को फिफा विश्वकप सेमिफाइनलमा घरेलु टोली ब्राजिल जर्मनीसँग ७-१ ले पराजित भएको थियो । ब्राजिलको फुटबल इतिहासमा नै कालो दिनको रुपमा रहेको उक्त खेल भएको मैदानमा नै फेरी अर्को सेमिफाइनल खेल्ने तयारी रहेको छ । ब्राजिलले जारी प्रतियोगितामा सुधारिएको प्रदर्शन गरेपनि सेमिफाइनलमा भने फरक माहोल हुनेछ ।

ब्राजिल र अर्जेन्टिनाले एकआपसमा खेल्दा हालसम्म ब्राजिल ४१ खेलमा विजयी रहेको छ भने अर्जेन्टिनाले ३८ पटक जितेको छ । २६ खेल बराबरीमा टुंगिएका छन् । पछिल्लो पटक अर्जेन्टिना र ब्राजिलले यसै मैदानमा मैत्रीपूर्ण खेल खेल्दा ब्राजिल १-० ले विजयी रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा भने ब्राजिलले २०१६ मा भएको विश्वकप छनोटमा अर्जेन्टिनालाई ३-० ले हराएको थियो ।

अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले यस मैदानमा ४ पटक खेलिसकेका छन् । उनले अर्जेन्टिना बाहिर राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी खेल खेलेको मैदान पनि हो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.