6 years ago
July 3, 2019
एजेन्सी – इंग्ल्यान्डलाई स्तब्ध पार्दै अमेरिका महिला विश्वकपका फाइनलमा प्रवेश गरेको छ । अन्तिम समयमा प्राप्त पेनाल्टी चुकाएपछि इंग्ल्यान्ड अमेरिकासँग २–१ ले पराजित हुदै विश्वकप सेमिफाइनलबाटै बाहिरिएको छ ।

मंगलबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा सबै ३ गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको १०औं मिनेटमा क्रिस्टियन प्रेसको गोलबाट अमेरिकाले सुरुवाती अग्रता बनाएको थियो । उनले केली ओ हाराको पासलाई सदुपयोग गरेकी थिइन् ।

तर, अमेरिकाको त्यो अग्रता लामो समय टिकेन । १९औं मिनेटमा इलेन ह्वाइटले बेथानी मिडको पासमा बराबरी गोल फर्काएकी थिइन् । ३१औं मिनेटमा एलेक्स मोगार्नले गोल गर्दै अमेरिकालाई पुनः २–१ को अग्रता दिलाइन् । उनले लिन्डसे होरानको पासलाई सदुपयोग गरेकी थिइन् ।
दोस्रो हाफमा पनि दुवै टोलीले गोलको मौका पाएको थियो । ६७औं मिनेटमा इंग्ल्यान्डले बराबरी गोल गरेपनि भिएआरको सहायतामा जिल स्कटको गोल अफसाइड बन्यो ।

८४औं मिनेटमा इंग्ल्यान्डले बराबरी गोल गर्ने सुन्दर मौका खेर फाल्यो । विकीले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीलाई स्टेफनी होउटनले गोल गर्न सकिनन् । उनको पेनाल्टी अमेरिकी गोलरक्षक अलयासा नेइहरले बचाउदै सम्भावित बराबरी टारिन् ।

त्यसको दुई मिनेटपछि इंग्ल्यान्ड १० खेलाडीमा समेटियो । मिली ब्राइट दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि इंग्ल्यान्डको खेलमा फर्कने सम्भावना सकिएको थियो ।
अर्काे सेमिफाइनलमा आज राति नेदरल्यान्डस् र स्वीडेनबीच खेल हुनेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]