6 years ago
July 3, 2019
एजेन्सी – घरेलु टोली ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

खेलको १९ औं मिनेटमा ब्राजिलका लागि ग्याब्रीएल जेससले गोल गर्दै अग्रता दिलाए । मिडफिल्डबाट कप्तान ड्यानी आल्भेसले उत्कृष्ट बल नियन्त्रण गर्दै फिर्मिनोलाई दिएको पासमा फिर्मिनोले पेनाल्टी क्षेत्रभित्र दिएको लो क्रसलाई जेससले गोलमा परिणत गरेका थिए ।
खेलको ३० औं मिनेटमा अर्जेन्टिनाले खेल बराबरीमा ल्याउने सुवर्ण अवसर गुमायो । कप्तान लिओनेल मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई सर्जियो अगुएरोले गरेको हेडर प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि ३६ औं मिनेटमा मेस्सीले दिएको पासमा अगुएरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार सिल्भाले छेकेका थिए ।

दोस्रो हाफको सुरुवात देखिनै अर्जेन्टिनाले ब्राजिललाई दबाबमा राखेको थियो । लगातार केहि असफल आक्रमणपछि ५७ औं मिनेटमा कप्तान मेस्सीले झन्डै १० यार्ड टाढाबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । त्यसको रिबाउन्डमा मेस्सीले दिएको क्रसलाई अगुएरोले गोलमा परिणत गर्न सकेनन् ।
ब्राजिलले ७१ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दोब्बर बनायो । काउन्टर अट्याकमा अगाडी बढेको ब्राजिलका लागि रोबर्टो फिर्मिनोले गोल गरे । उनले जेसेसले दिएको पासलाई गोलमा परिणत गर्दै ब्राजिललाई फाइनलनजिक पुर्याएका थिए ।

खेलको अन्तिम समय दुवै टोलीका खेलाडी पटक पटक आक्रामक रुपमा देखिएका थिए । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा रेफ्रीले ७ पहेंलो कार्ड देखाएका थिए । थप समयमा गोल हुन नसकेपछि ब्राजिल फाइनल प्रवेश गर्यो । ब्राजिलले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै प्रतियोगितामा कुनै गोल नखाएको सिलसिला कायम नै राख्यो ।
ब्राजिलले उपाधिका लागि चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।
के ब्राजिलले उपाधि जित्ला? फेसबुक कमेन्टमा प्रतिक्रिया दिनुहोस्
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]