default_image

6 years ago

July 3, 2019

स्पर्सले एनडोम्वेलेलाई कीर्तिमानी मुल्यमा क्लबमा भित्र्यायो

96 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले क्लबको कीर्तिमानी मुल्यमा लियोनका मिडफिल्डर टानगे एनडोम्वेलेलाई अनुब्नध गरेको छ ।

क्लबले क्लबको कीर्तिमानी मुल्यमा लियोन तथा फ्रान्सका मिडफिल्डर एनडोम्वेलेलाई ६ वर्षका लागि ६५ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो । यसअघि क्लबले २०१७ मा सेन्टरब्याक डाभिन्सन साञ्चेजलाई ४२ मिलियन पाउन्ड खर्चेको थियो ।

स्पर्सले लियोनलाई ५६ मिलियन पाउन्ड दिनेछ । रकम बढ्दै गएपछि ६५ मिलियन पाउन्ड पुग्ने दुई क्लबीच सहमति भएको हो । उनको मंगलबार मेडिकल टेस्ट भएको थियो ।

स्पर्सका प्रशिक्षक मौरिसियो पोचेटिनोले गतवर्ष पनि २२ वर्षीय एनडोम्वेलेलाई क्लबमा अनुबन्ध गर्ने प्रयास गरेको थियो । यसवर्ष पनि पहिलो लक्ष्यमा राख्दै क्लबले अनुबन्ध गर्न सफल भएको हो । उनलाई चेल्सीका पुर्व खेलाडी मिचेल इसेनसँग तुलना गरिन्छ ।

प्रशिक्षक पोचेटिनोले रोमाका निकोले जानिलोलाई अनुबन्ध गर्ने लक्ष्य बनाइरहेको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.