default_image

6 years ago

July 3, 2019

ब्राजिली युवा फरवार्ड आर्सनलमा !

108 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनलले ब्राजिली युवा फरवार्ड ग्याब्रियल मार्टिनेलीलाई क्लबमा अनुबन्ध गरेको छ । आर्सनलले ब्राजिली क्लब इटुएनोका १८ वर्षीय ब्राजिली युवा फरवार्डलाई ६ मिलियन पाउन्डमा लामो समयका लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।

आर्सनलमा अनुबन्ध भएसँगै मार्टिनेलीले लन्डनमा गएर खेल्ने सपना रहेको र त्यो आर्सनलबाट पुरा हुने पक्का भएको बताएका छन् ।

‘यो मेरो सपना थियो । जब म बच्चा थिए, मेरो परिवारको सपना मैले युरोपबाट खेलोस भन्ने थियो । अझ आर्सनल जस्तो ठुलो क्लबबाट । म यो अवसर लिन गईरहेको छु ।’ ‘क्रिस्टियानो रोनाल्डोलाई फ्यान समेत रहेका मार्टिनेलीले भने, ‘यो निकै आश्चार्यजनक अनुभुति हो । सपना विपनामा परिणत भएको छ । राम्रा खेलाडीका सामु आफुलाई सक्षम बनाउनुपर्नेछ । यो मेरो लागि महान अवसर हो । म जति सक्छु, मजा लिनेछु ।’

ब्राजिलले कोपा अमेरिकाको प्रारम्भिक टोलीमा प्रशिक्षण गर्दै उनलाई टोलीमा राखिएको थियो ।
२०१७ मा व्यवसायिक फुटबलमा डेब्यु गरेका मार्टिनेलीले ३४ खेलमा १० गोल गरिसकेका छन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.