6 years ago
July 8, 2019
एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रीएल जेससले कोपा अमेरिका २०१९ को फाइनलमा गरेको व्यवहारलाई लिएर समर्थकसँग माफी मागेका छन् ।

पेरुविरुद्ध ३-१ को जितमा पहिलो हाफमा १ गोल र १ असिस्ट गरेका जेससले दोस्रो हाफमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । बाहिरिने क्रममा उनले रेफ्रीप्रति आक्रोश व्यक्त गर्दै निराशा जनाएका थिए । मैदानबाट बाहिर जाने बितिक्कै उनले बोत्तललाई लात्ताले हानेका थिए । त्यसपछि उनले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को बुथलाई धकेल्दै बाहिर गएका थिए । उनी टनेलमा आँशु झार्दै रोइरहेको अवस्थामा देखिएका थिए ।
खेल सकिएपछि बोल्दै जेससले आफ्नो व्यवहारप्रति माफी मागेका छन् । ‘ म सबैजना सँग मेरो व्यवहारको लागि माफी माग्न चाहन्छु । रिसको झोकमा मैले गल्ति गरें । मेरो विचारमा त्यो रातो कार्ड सहि थिएन र मैले खराब व्यवहार गरें,’ उनले भने ।

‘ मेरो रिस यति उग्र थियो कि कसैलाई चोट पनि पुर्याउन सक्थें, धन्न केहि भएन । मेरो एकमात्र लक्ष्य टोलीलाई सहयोग पुर्याउने थियो र आक्रोशमा गल्ति हुन पुग्यो । हामी राम्रो खेलेर खेलमा अगाडि थियौं र रेफ्रीले गलत निर्णय गरें । मैले पनि आफूलाई काबुमा राख्न सकिन,’ जेससले थपे ।
‘मेरो आलोचनालाई मैले स्वीकारेको छु । म आफ्नो खेलको स्तरबारे जानकार छु र त्यसले नै मलाई यहाँसम्म ल्याएको हो । कहिले आलोचना त कहिले प्रशंसा खेलको पाटो हो,’ फाइनलमा नायक बनेका उनले भने, ‘ हामीले पहिलो दिनदेखि नै उपाधि लक्ष्यसहित मिहिनेत गरेका थियौं र आज सफल भयौं ।’
यो पनि : ब्राजिललाई कोपा अमेरिका उपाधि
यो पनि : व्यक्तिगत अवार्डमा ब्राजिलको वर्चस्व
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]