default_image

6 years ago

July 8, 2019

आर्मीले एपिएफलाई हरायो, ४ खेलाडीलाई रातो कार्ड

88 views

0 Bookmark

काठमाडौं – ललित स्मृति यू १८ फुटबल च्याम्पियनसिपमा सोमबार दुई विभागिय टोलीको प्रतिस्पर्धामा आर्मीले बाजी मारेको छ । त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई २–१ ले हराएको छ । त्यसअघिको खेलमा हिमालयन शेर्पा क्लब र सिएमजी क्लब संकटाले भने गोलरहित बराबरी खेले ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशीष राई गोलबाट ३३ औं मिनेटमा आर्मीले अग्रता लिएको थियो । दुवै टोलीले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेका थिए ।

विनय चौधरीले ५३ औं मिनेटमा अर्को गोल गर्दै आर्मीको गोलअन्तरलाई दोब्बर पारे । त्यसको १० मिनेटमै निशान रावलले गोल फर्काएपनि टोलीको हार टरेन ।

दोस्रो हाफमा दुवै टोलीका दुई दुई खेलाडीले रातो कार्डको सामना गर्दै मैदान छाडेका थिए । ६२ औं मिनटमा दुई टोलीबीच झगडा परेपछि एपिएफका पुकार खड्का र रञ्जन पुन तथा आर्मीका आशिष राई र कैलाश लामिछाने खत्रीलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.