6 years ago
July 10, 2019
एजेन्सी– यसै सिजन रियल म्याड्रिडमा आबद्ध भएका इडन हाजार्ड पहिलो पटक टोली प्रि सिजन प्रशिक्षणमा सामेल भएका छन् । चेल्सीबाट यहि सिजन १ सय ५० मिलियन पाउन्डमा हाजार्ड स्पेनिस क्लब पुगेका थिए ।

वर्षौ देखिको चर्चाका वावजुद हाजार्ड जुनमा स्पेनिस सफल टोली रियल पुगेका थिए । बेल्जियमका अन्तर्राष्ट्रिय सुरुवात देखि नै जिनेदिन जिदानको रोजाईमा थिए । लुका जोभिच, फ्रेल्यान्ड मेन्डी, इडर मिलिटियो र रोड्रेगो यो सिजन रियमा आबद्ध भएका छन् । पहिलो पटक रियलको प्रशिक्षक भएपछि जिदानले लगातार तीन पटक रियललाई च्याम्पियन्स लिग उपाधि दिलाएका थिए ।
कप्तान सर्जियो रामोस पनि प्रशिक्षणमा सामेल भएका छन् । चाइनिज सुपर लिग क्लबमा ठूलो रकममा जाने हल्लाका वावजुद रामोस रियलमै रहने भएका छन् । गेराथ बेल पनि टोलीको अभ्यासमा फर्केछन् । यद्दपी, जिदानले वेल्स अन्तर्राष्ट्रिय चाहेको खण्डमा क्लब छाड्न सक्ने बताउँदै आएका छन् र फिटनेस र अन्य परिक्षण गर्नुअघि सबै खेलाडी क्लबको मेडिकल सेन्टरमा पुगेका थिए । रियलको गत सिजन निकै कमजोर रहेको थियो । तेस्रो स्थानमा लिगाको अन्त्य गरेको रियल च्याम्पियन बार्सिलोना भन्दा १९ अंकले पछाडि थियो ।

पाँच सिजन रियलको खेलाडी रहेका जिदानले प्रशिक्षकका रुपमा दोस्रो कार्यकाल मार्चमा सुरु गरेका थिए । जिदानले गत सिजनको अन्त्यसँगै रियल छाडेका थिए । उनीपछि जुलेन लोपेटेगुईले टोलीको कमान सम्हाले ।
बार्सिलोनासँग ५–१ ले पराजित भएपछि क्लबले उनलाई बर्खास्त गर्यो । उनको ठाँउमा सान्टियागो सोलारी प्रशिक्षक बने । जिदान उनका सहकर्मी थिए । मार्चमा जिदानले क्लब सम्हाल्नुअघि सम्म सोलारीले हेरेका थिए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]