6 years ago
July 9, 2019
एजेन्सी– बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीलाई फुटबल इतिहासकै महान खेलाडी मध्ये एक मानिन्छ । ३१ वर्षे सुपरस्टारले खेल जीवनमा प्राप्त गरेका सफलता पनि लोभ लाग्दैछन् । पाँच पटक त उनले फुटबलमा सबै भन्दा ठूलो व्यक्तिगत पुरस्कार मानिएको बालोन डी ओर जितिसकेका छन् ।

मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले देशका लागि १ सय ३४ खेल खेल्दै ६८ गोल गरिसकेका छन् । तर, यति सफल आँकडाका बीच देशका लागि खेलिएका महत्त्वपूर्ण प्रतियोगिताको नकआउटमा पुग्दा भने मेस्सी कमजोर देखिएका छन् ।
अर्जेन्टिनाका लागि मेस्सीले खेलेका नकआउटका पछिल्ला २० खेलमा ४ गोल मात्र गर्न सकेका छन् । कोपा अमेरिकाको सन् २००७ र २०१६ को संस्करणमा उनले समान २ गोल गरेका थिए । बार्सिलोनाबाट खेल्दा भने उनको आँकडा अविश्वसनिय छ । उनले बार्सिलोनाबाट १० पटक ला लिगा उपाधि, छ पटक कोपा डेल रे तथा ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् ।
तर, देशका लागि खेलिएका अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनको अवस्था सन्तोषजनक छैन । उनले अहिले सम्म अर्जेन्टिनाका लागि उपाधि दिलाउन सकेका छैनन् । २०१४ को विश्व कप फाइनल खेलेको अर्जेन्टिनाले लगातार दुई पटक कोपा अमेरिका फाइनलमा पनि पराजय भोगेको थियो । उनले अन्तर्राष्ट्रिय मन्चमा भने आफुलाई प्रमाणित गर्न अझै बाँकी छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]