default_image

6 years ago

July 12, 2019

माटेराजीले खुलाए जिदानले ‘हेडबट’ गर्नुको कारण

144 views

0 Bookmark

एजेन्सी –विश्वकप फुटबलको फाइनलमा फ्रान्सका जिनेदिन जिदानले इटालीका मार्को माटेराजीलाई टाउकोले हानेर ढालेको अर्थात हेडबट गरेको जुलाई ९ मा  १३ वर्ष पुरा भएको छ । त्यति बेला जिदानले माटेराजीलाई किन हाने भन्ने विषयमा थुप्रै हल्ला चले । अहिले आएर माटेराजीले जिदानलाई आफुले के भनेको भन्ने सार्वजनिक गरेका छन् ।

सन् २००६ को फइनलमा जिदानले पेनाल्टी गोलमार्फत फ्रान्सलाई खेलमा अग्रता दिलाएका थिए । पछि माटराजीले बराबरी गोल फर्काएका थिए । अन्तमा पेनाल्टीमा इटाली विश्व च्याम्पियन बनेका थिए । त्यसअघि थप समयका जिदानले रातो कार्ड खाएका थिए ।

हेडबटका रुपमा चर्चित त्यो घटनामा माटेराजीले जिदानलाई उक्साएको भन्ने पनि धेरै भए । त्यो घटनामा माटेराजीले रियल म्याड्रिडका वर्तमान प्रशिक्षक जिदानका आमाका विषयमा टिप्पणी गरेको हल्ला चलेको थियो । अहिले आएर माटेराजीले त्यो घटनालाई सार्वजनिक गरेका छन् ।

‘म त्यो घटनाका विषयमा किताब निकाल्ने निर्णयमा पुगेको छु । किनकी हरेकले मलाई त्यति बेला मैले के भनेका कारण जिदान त्यसरी आक्रमक भए भनेर सोधेका छन्,’ पूर्व रक्षकले भने,’ मेरो शब्द एकदमै खराब थिए । तर, जिदानबाट त्यस्तो प्रतिक्रिया अपेक्षा थिएन । मैले पछि धेरै कुरा सुने । मैले उनको आमाको होइन बहिनीका बारेमा भनेको थिए । म युवा अवस्था हुँदा मेरी आमाको निधन भएको थियो । त्यसैले म कसैलाई त्यसरी अपमान गर्न सक्दिन । ‘

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.