default_image

6 years ago

July 11, 2019

‘म्याराडोनाको १० नम्बर जर्सी नछोउ !’

145 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी महान फुटबल खेलाडी डिएगो म्यारोडोनाका छोराले हामेस रोड्रिग्वेज एसएससी नेपोली जाने खबरले आफु उत्साहित भएको बताएको छन् । रियल म्याड्रिडबाट दुई वर्षका लागि बायर्न म्युनिख पुगेका कोलम्बियन स्टार रोड्रिग्वेजले अब इटालियन क्लब रोज्ने अनुमान गरिएको छ ।

उनी नेपोली जाने भन्ने समाचारमा मैले हरेक पटक कमेन्ट गरेको छु, म्यारोडोनाका छोराले भनेका छन्, ‘म एक किसिमले उनीमाथि दबाब पनि बनाइएरहेको छु । हालै उनले मेरो कमेन्टमा लाइक पनि गरेका छन्।’

रोड्रिग्वेज नेपोली जानु आफ्नो सपना पुरा भए सरह हुने पनि म्यारोडोना जुनियरले बताएका छन् । ‘उनी प्रतिभावान खेलाडी हुन् । उनको बायाँ खुट्टा निकै राम्रो चल्छ । उनको आबद्धताले क्लबले राम्रो गर्न सक्छ,’ उनले भने, ‘उनलाई सहरले खुला मनले स्वागत गर्नेछन् । मलाई विश्वास छ उनले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्नेछन् ।’

८० र ९० को दशकमा म्यारोडोनाले सफल सिजनहरु बिताएका थिए । जसले उनलाई त्यहाँ सम्मानका साथ हेरिन्छ । तर, म्याराडोनाका छोराले आफ्नो बाबुले लगाउने जर्सी १० का विषयमा बिर्सन भनेका छन् ।

‘१० नम्बर जर्सी नछोउ । त्यो हाम्रो परिवारको सम्पत्ती हो । त्यो मेरो बुबाको हो ,’ उनले भनेका छन्, ‘पहिला हिगुइन गोन्जालोलाई दिइने हल्ला थियो ।’ नेपोलीले म्याराडोनाको सम्मानमा उनको सन्न्यासपछि कुनै खेलाडीलाई १० नम्बर जर्सी लगाउन दिएको छैन ‌।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.