default_image

6 years ago

July 12, 2019

छानबिन गर्ने एन्फाले कारवाही पनि गर्छ ?

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ र टोलीका एथ्लेटिक ट्रेनर विवेक विक्रान्त अधिकारीबीचको झगडाको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार छानबिन समिति गठन गरेको छ ।

एन्फाका केन्द्रिय सदस्य मधुसुदन उपाध्यायको संयोकत्वमा गठन भएको छानबिन समितिलाई कारवाहीको सिफारिससहित असार २९ गते भित्र प्रतिवेदन बुझाउन भनिएको छ । यहाँ सम्मको प्रक्रियालाई स्वभाविक मान्न सकिन्छ । घटनापछि छानबिन त्यसपछि दोषीमाथिको कारवाही हुनु जरुरी पनि छ । भविष्यमा त्यस्तै घटना नदोहोरिउन, खेलसँग सम्बन्धित सबैले अनुशासनलाई पालन गर्नुपर्छ भन्ने जायज विषय हो ।

तर, खेलाडी वा खेलसँग सम्बन्धित व्यक्तिहरुलाई दोषी देखिएमा कारवाही हुन्छ, हुँदैन ? मुख्य प्रश्न यो हो । विवादलाई मथ्थर पार्ने एउटा बहाना मात्र हुन्छ भने त्यो छानबिनको कुनै अर्थ हुँदैन ।

एक वर्षअघिको एउटा घटनालाई हेर्ने हो भने एन्फा छानबिन गरेरपनि कारवाहीको तहमा आइपुग्दा चुकेको छ । गत वर्ष साउनमा ५ खेलाडीले मादक पदार्थ सेवन गरि हो हल्ला गरेको विषयमा एन्फाले छानबिन गरेपनि कारवाही गरेन । त्यसबेला राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका केहि खेलाडीलाई मौखिक र लिखित स्पष्टिकरण पनि लिइएको थियो । छानबिन गरेर अनुशासन समितिलाई प्रतिवेदन बुझाएर कारवाही गरिन्छ भनिएपनि त्यो घटना त्यसै सेलाएको थियो ।

त्यो घटनामा कसैलाई कारवाही भएन । यसपटक पनि त्यहि नियती दोहोरिदैन भन्ने ग्यारेन्टी छैन । गत वर्ष घटनाको केहि पछि नेपालले एसियाली खेलकुद र साफ च्याम्पियनसिप खेल्नु पर्ने भएकोले पनि एन्फाले कुनै कारवाही प्रक्रिया अघि नबढाएको बताइन्छ ।

राष्ट्रिय टोलीको मैत्रीपूर्ण खेल खेल्ने निर्णय लिँदा किरण माल्दिभ्सको क्लबसँग सम्झौता गर्नबाट बन्चित भएका थिए

यसपटकको घटना खेलाडीमा मात्र सिमित छैन । असार ९ गते गोलकिपर किरण र ट्रेनर विवेक बीच प्रशिक्षणकै विषयमा खटपट भएपछि अन्त्यमा विवेकले किरणको अनुहारमा तातो चिया छ्यापेको बताइएको छ । त्यसअघि किरणले विवेकको घाँटी न्याकेको भन्ने चर्चा चलेको छ । यद्दपी त्यसको पुष्टि भने भएको छैन । एन्फा होस्टेलमा भएको उक्त घटना सिसिटिभीमा कैद भएका कारण छानविन सहज हुने अनुमान गर्न सकिन्छ ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले घटनाको वास्तविकता र त्यसपछि दोषीमाथि कारवाहीका बारेमा अघि बढाइने बताएका छन् । ‘घटनापछि छानविन गर्ने हो । त्यो प्रतिवेदन आएपछि के गर्ने भन्ने विषयमा अघि बढ्नेछौं । दोषीलाई कारवाहीको सिफारिस गर्न पनि भनिएको छ,’ तुलाधरले भने,‘सुरेश बस्नेत संयोजक रहेको अनुशासन समितिले पनि यो विषयमा छुट्टै छानविन गरिरहेको छ । सबै प्रतिवेदन आएपछि आवश्यक कदम लिइनेछ । ’

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.