6 years ago
July 11, 2019
एजेन्सी – क्लबको अभ्यास सुरु हुँदा सामेल नभएका आफ्ना सुपर स्टार नेयमारलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जरिवाना गर्ने भएको छ । उनलाई ३ लाख ४० हजार पाउन्ड जरिवाना गर्ने बताइएको छ । नयाँ सिजनका लागि क्लबको अभ्यास सोमबार सुरु भएको थियो ।

जुलाईका लागि प्राप्त गर्ने बोनस रकम कारवाही स्वरुप कटाइन लागिएको हो । राम्रो व्यवहार भएमा खेलाडीले बोनस पाउने र त्यस्तो हुन नसके जरिवाना रकम च्यारिटीमा जाने क्लबको नीति रहेको छ । दुई सिजन अघि बार्सिलोनाबाट पिएसजी पुगेका नेयमार क्लब छाड्न चाहिरहेको हल्लाका बीच उनलाई जरिवाना गरिएको छ ।
‘समयको महत्वलाई सबै पालना गनुपर्दछ । त्यो अभ्यासका क्रममा पनि देखिनुपर्दछ’, क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘व्यवहार पनि बोनस पाउने नपाउने विषयको एउटा पक्ष हो ।’
अभ्यासमा ढिला सामेल भएका कारण सर्ज औरिएर, एड्रिडन रोबिओट, इडिन्सन काभानी, मार्को भेराट्टी लागयत अन्य खेलाडीको पनि विगतमा बोनस रकम काटिएको थियो । यद्दपी त्यो जरिवानाले नेयमारको वार्षिक कमाईमा भने खासै फरक पर्नेछन् । उनले बार्षिक ३४ मिलियन युरोको आम्दानी गर्ने अनुमान गरिएको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]