6 years ago
July 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– फ्रेन्ड्स क्लब र भ्याली च्यासल युथ क्लबले राजधानीमा जारी ललित स्मृति कप यू १८ फुटबल प्रतियोगितामा बिहीबार जित निकालेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा च्यासलले मछिन्द्र क्लब २–१ ले हराएको भने अर्को खेलमा फ्रेन्ड्सले रुस्लान थ्री स्टार क्लबमाथि २–० को जित निकाल्यो । गोल अन्तरले पराजित गर्दै च्यासलले सान्त्वना जित निकालेको हो ।

लिग चरणको अन्तिम खेलमा च्यासललाई जित दिलाउन कर्मा शेर्पाले २ गोल गरे । मछिन्द्रका लागि कृष्ण भण्डारीले एक गोल फर्काए । अर्को खेलमा निशेन सुब्बा र जीवन गुरुङको गोलमा फ्रेन्ड्सले जित हासिल गरेको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]