default_image

6 years ago

July 11, 2019

फर्पिङ काठमाडौं लिगको अन्तिम चारमा

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फर्पिङ डेभलप्मेन्ट क्लब काठमाडौं जिल्ला लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । सानोगौचरन खेल मैदानमा बिहीबार जोरपाटी फुटबल क्लबसँग १–१ बराबरी खेल्दै फर्पिङ अन्तिम चारमा पुगेको हो ।

बराबरीपछि समूह ‘सी’को शीर्षस्थानमा रहँदै फर्पिङ अघिल्लो चरणमा पुगेको छ । फर्पिङका लागि निरजन नगरकोटीले ५७ औं मिनेटमा गोल गरे । जोरपाटीका लागि कर्मा शेर्पाले ७२ औं मिनेटमा बराबरी गोल फर्काए । समूह ‘ए’ बाट अनुशासित ब्वाईज क्लब एबीसी र समूह ‘सी’ बाट वाईल्ड स्पोर्टस् क्लबले यस अघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

तीन समूहको उत्कृष्ट उप विजेताका रुपमा सानोगौचरन नाईट किङ क्लब एसएनकेसी पनि अन्तिम चारमा पुगेको छ । शुक्रबार पहिलो सेमिफाइनल अनुसाशित र फर्पिङ तथा दोस्रो खेल वाईल्ड स्पोर्टस् र सानो गौचरनबीच हुनेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.