default_image

6 years ago

July 12, 2019

ललित स्मति यु १८ क्वार्टरफाइनल – मनाङविरुद्ध हिमालयन शेर्पा

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनल आइतबार सुरु हुने भएको छ । बिहीबार समूह चरणका खेल समाप्त भएसँगै अन्तिम आठको समिकरण पुरा भएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बाट क्वार्टरफाइनल सुरु हुने भन्दै सेमिफाइनल र फाइनलको मिति तय गरेको छ । यु १८ मा १४ ए डिभिजन टोलीको सहभागिता थियो ।

समूह ‘ए’बाट हिमालयन शेर्पा क्लब विजेता र मच्छिन्द्र क्लब उपविजेता, समूह ‘बी’बाट त्रिभुवन आर्मी क्लब विजेता र नेपाल एपिएफ महेन्द्र क्लब उपविजेताका रुपमा क्वार्टरफाइनल पुगेका थिए ।

ब्रिगेड ब्वाइज क्लब विजेता र नेपाल पुलिस क्लब उपविजेताका रुपमा समूह ‘सी’बाट अघि बढेको हो । उत्कृष्ट तेस्रो टोलीका रुपमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लब अन्तिम आठमा पुगेका हुन् ।

आइतबार हिमालयन र मनाङ तथा ब्रिगेड ब्वाइज र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । सोमबारको क्वार्टरफाइनलमा आर्मी र जावलाखेल तथा पुलिस र मछिन्द्रबीच खेल हुनेछ । त्यसपछि साउनको २ गते दुवै सेमिफाइनल र साउन ५ गते फाइनल हुने एन्फाले जनाएको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.