एजेन्सी – इग्ल्यान्डका पूर्व स्ट्राइकर पिटर क्राउचले व्यवसायिक खेल जीवनबाट सन्न्यास लिएका छन् । ३८ वर्षे क्राउचले २१ वर्ष लामो खेल जीवनबाट विश्राम लिएका छन् ।

पोर्टसमाउथ, एस्टन भिल्ला, लिभरपुल र स्टोकका पूर्व फरवार्डको बनर्लीसँगको सम्झौता जुनमा सकिएको थियो । ११ वटा क्लबबाट खेलेका क्रचले इग्ल्यान्डका लागि ४२ खेलेका थिए । क्राउचले टोटेनह्यामबाट व्यवसायिक खेल जीवनको सुरुवात गरेका थिए ।
क्विन्स पार्क रेन्जर्स जानुअघि उनले डुलविच हेमले र आइएफके हास्लेहोल्मबाट खेलेका थिए । त्यसपछि पोर्टस्माउथ, एस्टन भिल्ला, लोनमा नर्विच, साउथ ह्यामन्टन, लिभरपुल, पुनः पोर्टस्मासथ, टोटेनह्याम, स्टोक हुँदै बनर्ली पुगेका थिए ।

प्रिमियर लिगमा ४ सय ६८ खेल खेलेका उनले १ सय ८ गोल गरेका छन् । सन् २००५/०६ मा लिभरपुलबाट एएफ कप जितेका उनले २००७ को च्याम्पियन्स लिग फाइनल खेलेका थिए । ६ फिट ७ इन्चका फरवार्डले इग्ल्यान्डका लागि २२ गोल गरेका थिए ।
