6 years ago
July 12, 2019
धरान (हाम्रो खेलकुद) – सुनसरी धरान एफसी र झापाको सैनिक युथ क्लब प्रदेश १ को मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको फाइनल चरणमा शुक्रबार विजयी भएका छन् ।

धरानको विपि कोइराला प्रतिष्ठानको फुटबल मैदानमा भएको खेलमा धरान एफसी सुनसरीले बौद्धिक विकास समाज धनकुटालाई ३–२ ले हरायो । अर्को खेलमा सैनिक युथले खोटाङको वाक्सिला एफसीलाई ६–३ ले पराजित गरेको थियो ।
धरानको जितमा विनोद राई, दोर्जे तामाङ र उमेश राईले गोल गरे । धरानले अर्को खेलमा बेलबारी फुटबल क्लव,मोरङको सामना गर्नेछ ।
झापाको जितमा विकेश गुप्ताले ४, सौरब लिम्बु र मिलन राईले समान १ गोल गरे । अब झापाले इलामो रेडहर्स फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
छनोट चरण पार गरी आएका ६ टोलीले फाइनल चरणमा प्रतिस्पर्धा गरेपछि फाइनल हुनेछ । मुख्यमन्त्रीको विजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]