6 years ago
July 13, 2019
एजेन्सी – प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल म्याड्रिडलाई प्रि सिजनमा प्रशिक्षण नदिने भएका छन् ।

प्रि–सिजनका लागि खेलाडीसँगै मोन्टरियल पुगेका जिदान व्यक्तिगत कारण देखाउदै स्पेन फर्किएका छन् । फ्रान्सका ४७ वर्षीय जिदान प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन्स कपका लागि टिमसँगै एक साताअघि क्यानडा पुगेका थिए ।

अब रियललाई जिदान नफर्किएसम्म सहायक प्रशिक्षक डेभिड बेटोनीले प्रशिक्षण दिनेछन् । रियलले प्रि–सिजनको पहिलो खेलमा २१ जुलाईमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्दैछ । त्यसपछि इंग्लिस क्लब आर्सनल र शहरी प्रतिद्धन्द्धी एट्लटिको मड्रिडसँग खेल्ने तालिका छ । त्यसपछि स्पेनिस जाइन्ट रियलले औडी कपमा इंग्लिस क्लब टोटेनहम हस्टपरसँग खेल्दैछ ।

अघिल्लो सिजन निकै खराव प्रदर्शन गरेको रियल यो सिजन सबै उपाधि जित्ने लक्ष्यमा रहेको छ । त्यसैका लागि यो सिजन रियलले खेलाडी अुनबन्धमा मोटो रकम खर्चिएको छ । रियलले १५० मिलियन पाउन्डमा बेल्जियम तथा इंग्लिस क्लब चेल्सीका इडेन हजार्ड, फरवार्ड लुका जोभिक र रोड्रिगोलाई अनुबन्ध गरेको छ ।
यस्तै डिफेन्डर फरल्यान्ड मेन्डी र इडर मिलिटाओलाई अुनबन्ध भइसकेका छन् । अन्य खेलाडी पनि रियलले अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]