default_image

6 years ago

July 13, 2019

डर्टमन्डको १० गोल !

103 views

0 Bookmark

एजेन्सी – प्रि–सिजनको पहिलो मैत्रीपुर्ण खेलमा बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डले फराकिलो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा डर्टमन्डले तल्लो श्रेणीको जर्मन क्लब स्विनवर्गमाथी १०–० को फराकिलो जित निकालेको हो ।

डर्टमन्डको फराकिलो जितमा म्याक्सिमिलियन फिलिपेले ह्याट्रिक पुरा गरे । टोवियस रस्चलले दुई तथा वल्फ, मोरे, एडिनेल र सिन्जी कागवाले समान १ गोल गरे ।

तल्लो श्रेणीको क्लबविरुद्ध खेलको शुरुवातदेखि नै खेलमा हावी भएको डर्टमन्डले पहिलो हाफमा ५ र दोस्रो हाफमा त्यति नै गोल गर्न सफल भएको थियो ।

म्याक्सिमिलियन फिलिपेले पहिलो हाफमा ५ मिनेटको अन्तरमा ह्याट्रिक गर्न सफल भएका थिए । उनले खेलको ३९, ४० र ४३ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

त्यसअघि खेलको १३औं मिनेटमा रस्चलको गोलबाट डर्टमन्ड अघि बढेको थियो । ८७औं मिनेटमा कागवाले गोल गर्दै डर्टमन्डलाई १०–० को फराकिलो जित दिलाए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.