default_image

6 years ago

July 14, 2019

वाइल्ड स्पोर्टसलाई काठमाडौं लिग उपाधि

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– वाइल्ड स्पोर्टस् क्लबले काठमाडौं जिल्ला लिग फुटबलको उपाधि जितेको छ । सानो गौचरनमा आइतबार फर्पिङ स्पोर्टस् डेभलप्मेन्ट क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै वाइल्ड स्पोर्टस्ले उपाधि जितेको थियो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा वाइल्ड स्पोर्टसले बाजी मारेको थियो ।

विजेता टोलीले उपाधिसहित १५ हजार र दोस्रो हुने टोलीले ७ हजार पाँच सय रुपैयाँ प्राप्त गर्यो ।
विजेता वाइल्ड स्पोर्टसका सुसान्त महत उत्कृष्ट गोलकिपर, सानो गौचरण्न नाइट किङ क्लबका सञ्जय राना उत्कृष्ट गोलकिपर, फर्पिङका कमल केसी उत्कृष्ट मिडफिल्डर, वाइल्ड स्पोर्टसका सुवास गुरुङ उत्कृष्ट फरवार्ड घोषित भए ।

त्यस्तै वाइल्ड स्पोर्टसका अलि तामाङ उत्कृष्ट प्रशिक्षक र सोहि क्लबका ध्रुब राई उत्कृष्ट व्यवस्थापक चुनिाए । संयुक्त नमुना क्लबले फेयर प्ले अवार्ड प्राप्त गर्यो । एन्फाका पूर्व मानार्थ अध्यक्ष टासी घलेले विजेता टोलीलाई पुरस्कृत गरे । काठमाडौं जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिगमा ११ टोलीका सहभागिता थियो ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.