default_image

6 years ago

July 15, 2019

महारेजको निर्णायक गोलमा अल्जेरिया फाइनलमा

95 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड रियाद महारेजले इन्ज्युरी समयमा फ्रिकिकमार्फत निर्णायक गोल गरेपछि अल्जेरिया अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।

महारेजले इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फ्रिकिकमा दर्शनीय गोल गरेपछि अल्जेरियाले सेमिफाइनलमा नाईजेरियालाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।

कायरो इन्टरनेसनल स्टेडियमममा आइतबार राति भएको खेलको ४० औ मिनेटमा विलियम ट्रोस्ट इकोङको आत्मघाती गोलबाट अल्जेरियाले पहिलो हाफमा अग्रता लिएको थियो ।

७२औ मिनेटमा ओडियन इग्लुले पेनाल्टीमा गोल गर्दै नाइजेरियालाई खेलमा फर्काएका थिए । तर अतिरिक्त समयतर्फ धकेलिन लागेको खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा महारेजले फ्रिकिक मार्फत गोल गर्दै नाइजेरियालाई २–१ ले स्तब्ध पार्दै उपाधि नजिक पुर्याए ।

अल्जेरियाले अब उपाधिका लागि सेनेगलसंग प्रतिस्पर्धा गर्नेछ । फाइनल शुक्रबार हुनेछ ।

सेनेगलले ट्युनेसियालाई हराउँदै फाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा ट्युनिसियालाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै सेनेगल उपाधि नजिक पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा सेनेगलले आत्मघाती गोलको उपहार पाउँदै फाइनलमा स्थान बनायो । १०१ औं मिनेटमा ट्युनिसियाका ड्यलान ब्रोनले आत्मघाती गोल गरेका थिए । सेनेगलको जितमा उक्त गोल नै निर्णायक बनेको थियो ।

खेल अतिरिक्त समयमा जानुअघि दुवै टोलीले पेनाल्टीमा गोल गर्न सकेनन् । खेलको ७५ औं मिनेटमा ट्युनिसियाका फेर्जानी सास्सीले तथा ८१औं मिनेटमा सेनेगलका हेनरी सैभेटले पेनाल्टीमा गोल गर्न सकेनन् ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.