6 years ago
July 15, 2019
एजेन्सी – विश्व विजेता फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनले क्याटलान क्लब बार्सिलोनामा १७ नम्बरको जर्सी लगाउने भएका छन् ।

बार्सिलोनाले आइतबार ग्रिजमनले लागाउने जर्सी सार्वजनिक गर्दै उनलाई १७ नम्बरको जर्सी प्रदान गरिएको हो । ग्रिजमनले एट्लेटिको म्याड्रिडमा ७ नम्वरको जर्सी लगाउदै आएका थिए ।बार्सिलोनामा ७ नम्वर जर्सी ब्राजिली प्लेमेकर फिलिपे कौटिन्होलो लगाउदै आएका छन् ।

बार्सिलोनाले गत शुक्रबार एट्लेटिको मड्रिडबाट ग्रिजमनलाई बार्सिलोनाले ५ वर्षका लागि १ सय २० मिलियन युरोमा अनुबन्धन गर्दै आइतबार आधिकारिक रुपमा क्लबमा लाखौ समर्थकमाझ सार्वजनिक गरेको थियो ।
ग्रिजम्यान सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको मड्रिड गएका थिए । उनले २ सय ५६ खेलमा १ सय ३३ गोल गरेका थिए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]