default_image

6 years ago

July 15, 2019

आर्मीलाई सडनडेथमा हराउँदै जावलाखेल सेमिफाइनलमा

111 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – उपाधिको प्रवल दावेदार विभागीय त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै जावलाखेल युथ क्लब ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जावलाखेलले यसअघिको दुवै संस्करणको च्याम्पियन आर्मीलाई सडनडेथमा ४–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

जावलाखेलले पेनाल्टी सुटआउटमा सुरुवाती दुई प्रहार खेल फालेपनि त्यसपछिको सबै चार पेनाल्टीमा गोल गर्न सफल भएको थियो । जावलाखेलका सचु गुरुङ र सुरज गुरो पेनाल्टीमा गोल गर्न असफल रहेका थिए । धिरज पुन मगर, अक्क्ष प्रधान, आशिष शाही र राम गुरुङले गोल गरे ।

आर्मीले सुरुवाती पेनाल्टी खेल फालेपनि दोस्रो र तेस्रोमा गोल गर्न सफल भएका थिए । चौथो पेनाल्टी चुकाएको आर्मीले त्यसपछि छैटौ पेनाल्टी पनि चुकाउदा पराजित हुन पुग्यो । विनय चौधरी, शिव बोटे र बिशाल सुनारले मात्रै गोल गर्न सफल भए । विश्रान्त बस्नेत, निश्चल गुरुङ र अनिश आलेले गोल गर्न असमर्थ रहे ।

अर्काे सेमिफाइनलमा अहिले पुलिस र मच्छिन्द्रबीच खेल हुदैछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.