6 years ago
July 15, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ र टोलीका एथ्लेटिक ट्रेनर विवेक विक्रान्त अधिकारीबीचको विवादका विषयमा छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य मधुसुदन उपाध्ययको संयोजकत्वमा रहेको समितिले आइतबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाएको थियो । समितिले छानबिन गरेर प्रतिवेदन बुझाउन पाँच दिनको समय पाएको थियो ।
महासचिव तुलाधरले समितिको प्रतिवेदन अध्ययनका लागि अनुशासन समितमा पठाइएको जानकारी दिँदै भने, ‘अनुशासन समितिले पनि आफ्नो राय दिन्छ । त्यसपछि आकस्मिक समिति वा केन्द्रिय समितिले आवश्यक निर्णय लिनेछ ।’
समितिले घटना विवरण र सुझावसहित प्रतिवेदन बुझाएको बुझिएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिन उपस्थित नभएको समयमा असार ९ गते ट्रेनिङको पहिलो दिन नै बढी लोड दिएको भन्दै किरणले विवेकसँग गुनासो गरेका थिए ।
अन्य खेलाडीले पहिलो दिन अनुपस्थित रहेका किरणलाई ट्रेनिङमा बढी लोड भएको भनेपछि उनले विवेकसँग त्यहि विषयमा कुरा गर्दै जाँदा स्थितिले विवादको रुप लिएको थियो । किरण र विवेकबीचको विवाद बढ्दै उग्ररुप लिने देखिएपछि केहि खेलाडीले स्थितिलाई साम्य बनाउने प्रयास गरेका थिए । विवादको केहि समयपछि किरणलाई पछ्याउँदै विवेकले उनको अनुहारमा तातो चिया छ्यापिदिएको बुझिएको छ ।

समितिले प्रत्यक्षदर्शी अन्य खेलाडी, नेपाली टोलीका कप्तान विराज महर्जन, उपकप्तान भरत खवास, होस्टेलका कर्मचारीलगायत आवश्यक व्यक्तिहरु गरि १२-१३ जनासँग छलफल गरेको बुझिएको छ । समितिले प्रतिवेदन बुझाएपछि एन्फाले दोषीमाथि कारवाही गर्छ भन्नेमा शंकाले हेरिएको छ ।
‘घटनाको सबै पाटोमा हामीले छानविन गरेर प्रतिवेदन बुझाएका छौं ,’ समितिका सदस्य सञ्जिव मिश्रले भने,‘घटनामा दुवै पक्षको दोष छ । कसको कति र कस्तो कारवाही गर्दा ठिक हुन्छ भन्ने विषयमा पनि सुझाव दिएका छौं । ’ छानबिन समितिको अर्को सदस्इमा सूर्यप्रसाद अधिकारी रहेका छन् ।
एक वर्षअघिको एउटा घटनालाई हेर्ने हो भने एन्फा छानबिन गरेरपनि कारवाहीको तहमा आइपुग्दा चुकेको थियो । गत वर्ष साउनमा ५ खेलाडीले मादक पदार्थ सेवन गरि हो हल्ला गरेको विषयमा एन्फाले छानबिन गरेपनि कारवाही गरेन ।
त्यसबेला राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका केहि खेलाडीलाई मौखिक र लिखित स्पष्टिकरण पनि लिइएको थियो । छानबिन गरेर अनुशासन समितिलाई प्रतिवेदन बुझाएर कारवाही गरिन्छ भनिएपनि त्यो घटना त्यसै सेलाएको थियो ।
त्यो घटनामा कसैलाई कारवाही भएन । यसपटक पनि त्यहि नियती दोहोरिदैन भन्ने ग्यारेन्टी छैन । गत वर्ष घटनाको केहि पछि नेपालले एसियाली खेलकुद र साफ च्याम्पियनसिप खेल्नु पर्ने भएकोले पनि एन्फाले कुनै कारवाही प्रक्रिया अघि नबढाएको बताइन्छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]