default_image

6 years ago

July 15, 2019

पुलिस ललित मेमोरियलको सेमिफाइनलमा

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल पुलिस क्लब राजधानीमा जारी चौथो संस्करणको ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको दोस्रो क्वाटरफाइनलमा पुलिसले मच्छिन्द्र फुटबल क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पुलिसको जितमा इन्ज्युरी समयमा मन्जिल राईले गरेको गोल नै निर्णायक बन्यो ।

पेनाल्टी सुटआउटतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सोमबारै जावलाखेलले उपाधिको दावेदार मानिएको विभागीय त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । आइतबार सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब र साविकको विजेता ब्रिगेड ब्वाइज क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनल साउन २ गते हुनेछ । पहिलो सेमिफाइनलमा मनाङ र बीबीसी तथा दोस्रो सेमिफाइनलमा जावलाखेल र पुलिसबीच खेल हुनेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.