default_image

6 years ago

July 17, 2019

रोनाल्डो र मेस्सी परिवारसँग छुट्टी मनाउँदै

141 views

0 Bookmark

एजेन्सी– क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले सन् २०१९-२० को फुटबल सिजनको सुरुवातअघि परिवारसँग छुट्टि मनाएका छन् । कोपा अमेरिकामा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएपछि अर्जेन्टिनाका कप्तान मेस्सी अहिले परिवारका साथ विदा मनाइरहेका छन् ।

५ पटकका बालोन डी ओर विजेता मेस्सीले इन्स्टाग्राममा परिवारको फोट अपलोड गरेका छन् । उनले जिपको अगाडी पट्टि छोराहरु थिएगो, किरो र मेटेउ तथा पछाडि श्रीमती एन्टोनेला रुकोजु रहेको फोटो पनि सार्वजनिक गरेका छन् ।

५ पटककै अर्का बोलोन डी ओर विजेता रोनाल्डोले पनि टुरिनमा परिवारका साथ समय बिताइरहेको तस्बिर सार्वजनिक गरेका छन् । रोनाल्डोले प्रेमिका जर्जिया रोड्रिग्वज र बच्चाहरु एलाना मार्टिना, इभा र माटेउसँगको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।

इन्स्टाग्राममा फोटो राख्दै रोनाल्डोले लेखेका छन्, कडा मेहेनतपछि घरमा आएर अनि परिवारसँग समय बिताउँदाको क्षण कति आनन्ददायी हुन्छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.