6 years ago
July 17, 2019
एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिनामो ड्रेसडेनलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

खेलको छैटौं मिनेटमा नै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । उनले चिप सटमा दर्शनीय गोल गरेका थिए । १८ औं मिनेटमा एम्बाप्पेकै पासमा जर्मन मिडफिल्डर जुलियन ड्राक्सलरले अग्रता दोब्बर पारे । पहिलो हाफ सकिन झन्डै १० मिनेट बाँकी रहँदा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० को अग्रता दिलाए ।
दोस्रो हाफको २१ मिनेटको अन्तरमा आर्थर जागरे, विरिगीलु पोस्तोलाची र आदील ओउचिचेले गोल गर्दै पीएसजीलाई ६-० ले अगाडी बढाए । एम्बाप्पे लगायत स्टार खेलाडीले ६० मिनेटसम्म मात्र खेलेका थिए । ड्रेसडेनका मुसा कोनेले पेनाल्टीमा सान्त्वना गोल गरे ।
यसै खेलबाट स्पेनिस मिडफिल्डर आन्दर हरेराले पीएसजीबाट डेब्यु गरे । उनी म्यानचेस्टर युनाइटेडबाट फ्री ट्रान्सफरमा पीएसजी पुगेका हुन् । सेभिल्ला छाडेर पीएसजी पुगेका पाब्लो सरबियाले पनि डेब्यु गरे । ब्राजिलियन स्टार नेयमार भने क्लबले तोकेभन्दा ढिलो प्रशिक्षणमा आएपछि खेलमा सहभागी भएनन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]