default_image

6 years ago

July 17, 2019

‘अष्ट्रेलियाविरुद्ध खेल्नु राम्रो अवसर’ – प्रशिक्षक कालिन

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोटमा अष्ट्रेलियासँग खेल्न पाउनु नेपाली खेलाडीको लागि राम्रो अवसर रहेको बताएका छन् ।

बुधबार मलेसियास्थित एएफसी मुख्यालयमा भएको विश्वकप छनोटको दोस्रो चरण अनतर्गत समूह चरणको ड्रमा नेपाल समूह ‘बी’ मा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत सम्मिलित समूहमा परेको हो । नेपालले छनोट अन्तर्गत सबै टोलीसँग घरेलु मैदान र अवे मैदानमा १-१ खेल खेल्नेछ ।

नेपाली टोलीका स्विडिस प्रशिक्षक कालिनले नेपाली खेलाडीको लागि युरोपेली लिग खेल्ने खेलाडीले भरिपूर्ण अष्ट्रेलियासँग खेल्न पाउनु ठूलो अवसर रहेको बताए । ‘ युरोपेली लिगमा खेल्ने खेलाडीले भरिपूर्ण अष्ट्रेलियासँग खेल्नु हाम्रो खेलाडीहरुको लागि अवसर हो । यो खेल निकै कठिन हुनेछ तर यसले हामीलाई नयाँ चुनौती पनि दिएको छ । स्तरीय टोलीविरुद्ध खेल्दा झनै उत्साहित हुनुपर्छ,’ उनले भने ।

कालिनले समूहमा अष्ट्रेलियामात्र नभएर अन्य टोली पनि बलियो रहेको स्वीकारे । ‘ ड्र मा सम्मिलित सबै टोली बलिया नै थिए । हाम्रो समूहमा जो परेपनि हामीले कठिन प्रतिद्वन्द्वी नै पाउने हो । हामी वार्त्माना स्थितिमा भन्नुपर्दा समूहको ‘अन्डरडग’ टोली हौं । हामीले छनोट हुने र नहुने भन्दापनि आफ्नो प्रदर्शन कसरि सुधार्ने भन्ने पक्षमा ध्यान दिनुपर्छ । हाम्रो प्रदर्शन राम्रो हुन्छ भने यसले राम्रो स्थानमा पुर्याउने नै छ,’ कालिनले थपे ।

नेपालले कालिनले टोलीको नेतृत्व सम्हालेपछि कुवेतविरुद्ध दुई र ताइपेइविरुद्ध एक पटक मैत्रीपूर्ण खेल खेलिसकेको छ । यसलाई भने कालिनले दुवै पक्षमा हेरेका छन् । ‘ हामीले समूहका दुवै प्रतिद्वन्द्वीसंग खेल्नुले फाइदा र बेफाइदा दुवै रहेको छ । फाइदा यो हिसाबमा कि हामीले राम्रो प्रदर्शन गरेमा उनीहरुलाई रोक्न सक्छौं । बेफाइदा यसकारण कि उनीहरुले हाम्रो खेल्ने शैली र खेलाडीलाई बुझेका छन्,’ कालिनले प्रष्ट पारे ।

घरेलु मैदानमा दर्शकको समर्थनले पनि नेपालको छनोट यात्रामा ठूलो भूमिका खेल्ने प्रशिक्षक कालिनले बताएका छन् । ‘ यो जस्तो छनोट प्रतियोगितामा घरेलु मैदानको फाइदाले निकै महत्त्व बोकेको हुन्छ । घरेलु समर्थकको अगाडि खेल्नु र अवे मैदानमा खेल्नुले निकै फरक पार्छ । मलाई आशा छ की हाम्रो मैदान समयमा नै तयार हुन्छ । यसले हाम्रो छनोट यात्रामा पक्कै सहयोग पुर्याउँछ,’ गत मार्चदेखि टोली सम्हालेका कालिनले थपे ।

कालिनले टोलीको तयारीबारे बोल्दै अहिलेको छनोट चरणको ड्रले खासै फरक नपार्ने बताए । ‘ हामीले अहिले जस्तो तयारी गरिरहेका छौं त्यसैलाई आउने दिनमा पनि निरन्तरता दिनेछौं । हामी दिर्घकालिन योजना बोकेर अगाडी बढिरहेका छौं । अहिलेको छनोट ड्रले हाम्रो योजनालाई अर्को मोड दिन जरुरि छैन,’ उनले टुंग्याए ।

नेपाली टोली पछिल्लो दुई सातादेखि विश्वकप छनोटको तयारीमा जुटेको छ । नेपालले विश्वकप छनोटका खेलअघि मैत्रीपूर्ण खेलहरु खेल्ने सम्भावना पनि रहेको छ । दक्षिण एसियाली खेलकुद डिसेम्बरमा आयोजना हुने भएपनि टोलीको तयारीमा कुनै असर नपर्ने कालिनले बताएका छन् ।

यो पनि : विश्वकप छनोट– नेपालको पहिलो खेल कुवेतसँग

यो पनि : विश्वकप छनोट : नेपाल र अष्ट्रेलिया एकै समूहमा

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.