default_image

6 years ago

July 17, 2019

विश्वकप छनोट : नेपाल र अष्ट्रेलिया एकै समूहमा

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ छनोटको दोस्रो चरण अन्तर्गत नेपाल तुलनात्मक रूपमा सहज समूहमा परेको छ ।

विश्वकप छनोटमा नेपाल समूह बी मा परेको हो । नेपालसँगै समूहमा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत परेका छन् । अन्तिम खेलतालिका केहि समयमा थाहा हुनेछ ।

समूह ए : चीन, सिरिया, फिलिपन्स, माल्दिभ्स, गुआम

समूह बी : अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ, कुवेत, नेपाल

समूह सी : इरान, इराक, बहराइन, हङकङ, कम्बोडिया

समूह डी : साउदि अरेबिया, उज्बेकिस्तान, प्यालेस्टाइन, यमन, सिंगापुर

समूह ई : कतार, अोमान, भारत, अफगानिस्तान, बंगलादेश

समूह एफ : जापान, किर्गीस्तान, ताजिकिस्तान, म्यानमार, मंगोलिया

समूह जी : यूएई, भिएतनाम, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया

समूह एच : दक्षिण कोरिया, लेबनान, उत्तर कोरिया, तुर्कमेनिस्तान, श्रीलंका

दोस्रो चरणका छनोटका खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवे टोलीको मैदानमा खेलिनेछ । दोस्रो चरणका खेलहरु सेप्टेम्बर ५, २०१९ देखि जुन ९, २०२० सम्म हुनेछ । नेपालले एसियाको शीर्ष ३४ स्थानभित्र परेपछि सिधै दोस्रो चरणका लागि छनोट भएको थियो ।

समूह चरणबाट कुल १२ टोली विश्वकप छनोटको अन्तिम चरणका लागि छनोट हुनेछन् । ८ समूहका समुह विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा हुने एसियन कपमा पनि स्थान पक्का गर्नेछन् । अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउनेछन् भने पाँचौ टोलीले अन्तर महादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

गत संस्करणमा नेपाल विश्वकप छनोटको प्रारम्भिक चरणबाट नै बाहिरिएको थियो । प्लेअफमा भारतको सामना गरेको नेपाल पहिलो लेग २-० ले गुवाहाटीमा पराजित भएपछि दोस्रो लेगमा गोलरहित बराबरीमा रोकेको थियो । नेपाल यसपटक भने सिधै दोस्रो चरणमा पुगेको हो । अब छनोटको अन्तिम चरणमा पुग्न भने नेपालले बलिया टोलीविरुद्ध खेल्नुपर्ने भएको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.