default_image

6 years ago

July 17, 2019

सिंगापुर जानुअघि युनाइटेडको अर्को जित

94 views

0 Bookmark

एजेन्सी – प्रि सिजनका अस्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेडले लगातार दास्रो जित हासिल गरेको छ । पर्थमा बुधबार भएको खेलमा युनाइटेडले लिड्सलाई ४–० ले हराएको छ ।

मासोन ग्रिनउडको गोलबाट अग्रता लिएको युनाइटेडकालागि पहिलो हाफमै मार्कोस रासफोर्डले अर्को गोल थपेका थिए । दोस्रो हाफमा युनाइटेडले ११ खेलाडी परिवर्तन गरेपछि फिल जोन्स र एन्टोनी मार्सियलले गोल थपेका थिए ।

ग्रिनवडले सातौं मिनेटमा र रासफोर्डले २७ औं मिनेटमा गोलगरेका थिए । जोन्सले ५१ औं मिनेटमा हेडमार्फत र मार्सिलले ६९ औं मिनेटमा मार्सियलले पेनाल्टीमा गोल गरेपछि युनाइटेडको जित सहज बनेको थियो ।

लिड्सले पनि पहिलो हाफमा गोल गर्ने अवसर पाएको थियो, तय उपयोग गर्न सकेन । युनाइटेड बिहीबार सिंगापुर प्रस्थान गर्नेछ । टोलीले शनिबार इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ । लिड्स भने केहि दिन अस्ट्रेलिया भ्रमणमा रहनेछ ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.