default_image

6 years ago

July 17, 2019

विश्वकप छनोट– नेपालको पहिलो खेल कुवेतसँग

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली राष्ट्र कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरण तथा २०२३ को एसियन कपको छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

फाइलः तस्वीर

फिफाले बुधबार निकालेको ‘ड्र’ र खेल तालिका अनुसार नेपालले विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको हो । त्यसपछि नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्नेछ ।

विश्वकप छनोटमा नेपालले होम एन्ड अवेको आधारमा ८ खेल खेल्नेछ । जसमा ४ होम र ४ अवे खेल रहेको छन् । समूह ‘बी’ मा रहेको नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग घरेलु मैदानमा खेल्नेछ । नेपालले कुवेतसँग नोभेम्बर १९ मा अवे खेल खेल्नेछ ।

नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ । यस्तै नेपालले जोर्डनसँग अक्टोबर १५ मा घरेलु मैदान र सन् २०२० को जुन ४ गते उसैको मैदानमा खेल्नेछ ।

नेपालले चाईनिज ताइपेसँग सेप्टेम्बर १० मा घरेलु मैदान र सन् २०२० को मार्च २६ मा उसैको मैदानमा खेल्नेछ ।

विश्वकप छनोटमा नेपालको खेल तालिका

नेपालविरुद्ध कुवेत ५ सेप्टेम्बर २०१९ (होम)

नेपालविरुद्ध चाइनिज ताइपेइ १० सेप्टेम्बर २०१९ (होम)

अस्ट्रेलियाविरुद्ध नेपाल १० अक्टोवर २०१९ (अवे)

नेपालविरुद्ध जोर्डन १५ अक्टोवर २०१९ (होम)

कुवेतविरुद्ध नेपाल १९ नोभेम्वर २०१९ (अवे)

चाइनिज ताइपेइविरुद्ध नेपाल २६ मार्च २०२० (अवे)

नेपालविरुद्ध अस्ट्रेलिया ३१ मार्च २०२० (होम)

जोर्डनविरुद्ध नेपाल ४ जुन २०२० (अवे)

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.