default_image

6 years ago

July 18, 2019

ट्रिपिएर टोटेनहमबाट म्याड्रिडमा

136 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड तथा टोटेनहम हस्टपरका डिफेन्डर किरियन ट्रिपिएर स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्ध भएका छन् ।

ट्रिपिएरलाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले बुधबार ३ वर्षको लागि २० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । ट्रिपिएर क्लबमा अनुबन्ध भएसँगै क्लबको प्रशिक्षणमा सामेल भएको छन् ।

२८ वर्षीय ट्रिपिएरले टोटेनहममा ४ वर्ष बिताएका थिए । उनी एट्लेटिकोको इतिहासमा ९५ वर्षपछि नर्थ लन्डनबाट ट्रान्सफर हुने पहिलो खेलाडी बने ।

एट्लेटिकोमा अनुबन्ध भएसँगै ट्रिपिएरले टोटेनहममा उत्कृष्ट समय बिताएको र त्यहाँ राम्रा मान्छेसँग बिताएको पलको स्मरण गरे ।

ट्रिपिएरलाई सेट पिसमा डेभिड बेकह्यामसँग तुलना गरिन्छ । उनलाई जुवानफ्रानको विकल्पको रुपमा हेरिएको छ । उनलाई अनुबन्ध गर्न इटालियन क्लब युभेन्टस र नेपोलीले पनि प्रयास थालेका थिए।

सन् २०१५ मा प्रिमिय लिग क्लब बर्नलीबाट हस्टपर पुगेका ट्रिपिएरले टोटेनहमका लागि ६९ खेलमा २ गोल गरेका छन् । उनी २०१७ देखि इंग्ल्यान्डको नियमित सदस्य छन् । उनले १६ खेलमा १ गोल गरेका छन् ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.