default_image

6 years ago

July 18, 2019

प्रि-सिजनमा डर्टमन्डको सहज जित

91 views

0 Bookmark

एजेन्सी – नयाँ सिजन सुरु हुनुअघिको युरोपियन क्लबहरुको मैत्रीपुर्ण खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले सहज जित निकालेको छ ।

बिहीबार बिहान अमेरिकाको वासिङटनमा भएको खेलमा डर्टमन्डले घरेलु टोली सियाटल साउन्डर्समाथि ३–१ को सहज जित निकालेको हो ।

डर्टमन्डको सहज जितमा मारिअस वल्फ, पाको अल्कासेर र जाडोन सान्चोले गोल गरे । घरेलु टोलीका जोनाथन क्याम्पवेलले एक गोल फर्काए ।

खेलको ३६औं मिनेटमा मारिअसको गोलबाट डर्टमन्डले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५०औं मिनेटमा पाकोको गोल सँगै डर्टमन्ड २–० ले अघि बढेको थियो ।

५४औं मिनेटमा जोनाथनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ७७औं मिनेटमा जाडोन सान्चोले गोल गरेपछि घरेलु टोली डर्टमन्डसँग ३–१ ले पराजित हुन पुग्यो ।

यसअघि डर्टमन्डले प्रि सिजनको पहिलो खेलमा जर्मन क्लब स्विनवर्गमाथि १०–० को फराकिलो जित निकालेको थियो ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.