6 years ago
July 18, 2019
एजेन्सी – नयाँ सिजन शुरु हुनुअघिको प्रि–सिजनको इन्टरनेशनल च्याम्पियन्स कपमा इंग्लिस क्लब आर्सनलले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई पराजित गरेको छ ।

क्यालिफोर्नियामा बिहीबार बिहान भएको खेलमा आर्सनलले बायर्नलाई २–१ ले पराजित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो ।
४९औं मिनेटमा लुइस पोजनान्सकीको आत्मघाती गोलबाट आर्सनल खेलमा अघि बढेको थियो ।
७१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काएका थिए । बराबरीतर्फ धकेलिएको खेलमा २ मिनेट बाँकी रहँदा एडवार्ड एनकेइटाले गोल गर्दै आर्सनललाई २–१ को प्रतिस्पर्धात्मक र कठिन जित दिलाए ।
अर्काे खेलमा इटालियन क्लब फियोरेन्टिनाले गुडलाजारालाई २–१ ले नै हराएको छ । प्रि सिजनअघिको च्याम्पिन्स कपमा युरोपका १३ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]