default_image

6 years ago

July 18, 2019

भक्तपुर जिल्ला फुटबल संघले अनियमितता गरेको आरोप

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्लाका विभिन्न ९ फुटबल क्लबले भक्तपुर जिल्ला फुटबल संघले अनियमितता र जिल्लाका सक्रिय क्लबहरुलाई निरुत्साहित बनाएको आरोप लगाएको छ ।

भक्तपुरका ९ फुटबल क्लबले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले सक्रिय क्लबहरुलाई वेवास्ता गर्दै जिल्ला फुटबल लिगका लागि जिल्ला प्रशासन र जिल्ला खेलकुद बिकास समितिमा दर्ता नै नभएको क्लबलाई जिल्ला लिग खेलाउन लागेको आरोप लगाएको छ ।

भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतिले जिल्लामा फुटबल लिग सञ्चालन हुन लागेपछि सक्रिय क्लबहरुले पनि लिगका लागि नाम दर्ता गराएको र पछि कारवाही गरिएको भन्ने खवर आएकाले नखेलाउने निर्णय भएको भन्दै आलटाल गर्ने काम भएको बताए ।

एन्फाको वार्षिक तालिका अनुसार भक्तपुरमा जेठ १५ बाट असार १५ सम्म र पछिललो पटक २ साउनसम्म जिल्ला लिग हुने तालिका थियो । तर, भक्तपुरमा अहिलेसम्म जिल्ला लिग हुन सकेको छैन ।

उनले यस विषयमा एन्फाबाट जिल्ला पठाइएका सन्जीव मिश्र र सह महासचिव अरुणमान जोशीसँग कुरा गर्द सबै विषयको टुङ्गो लागेको बताएपनि त्यो अहिलेसम्म पुरा हुन नसकेको बताए ।

अब पनि यस विषयले पुर्णता नपाए केही दिनमै अदालत जाने भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतिले बताए ।
यसै विषयमा जिल्लाका उपाध्यक्ष सुनिल प्रजापतिले फोनमार्फत क्लबहरुलाई कारवाही गरिएको र कहिले र कुन मितिमा कारवाही गरिएको भनी पत्र माग्दा अश्लिल शब्दहरुले गाली गरेको आरोप लगाए ।

त्यसपछि संघले नयाँ खेल तालिका सार्वजनिक गर्ने भएपछि हामी पुनः दर्ता शुल्क बापतको रकम लिएर जादा लिन नमानेको र पछि दर्ता नै नरहेको क्लबलाई समेट्दै खेल तालिका सार्वजनिक गर्ने घृणित कार्य गरेको अध्यक्ष प्रजापतिले बताए । जिल्ला लिगका लागि सहभागी १० मध्ये ६ क्लब प्रशासन र जिल्लामा दर्ता नरहेको उनले थपे ।

पछि अखिल नेपाल फुटबल संघमै गएर यस विषयमा जानकारी गराएर जिल्ला लिगमा सहभागगिताको लागि माग गरेको पनि केन्द्रबाट पनि कुनै सुनुवाई नभएपछि पत्रकार सम्मेलन गर्नुपरेको जानकारी दिए ।

जिल्ला फुटबल संघले अन्याय र भक्तपुर जिल्ला फुटबल संघमा अनियमितता, हालको जिल्ला फुटबल संघ नियम संगत नभएको र एन्फामा पनि यस विषयमा जानकारी गराउदा कुनै सुनुवाई नभएकाले केही दिनमै अदालत जाने तयारीमा रहेको बताए ।

उनले देशभर जिल्ला लिग सम्पन्न भइसक्दा भक्तपुरमा २६ असारबाट हुने भनिएको लिग आजसम्म पनि शुरु हुन नसकेको र तत्काल सक्रिय क्लबहरुलाई समावेश गराई जिल्ला लिग गराउन ८ क्लबहरुले संयुक्त रुपमा आग्रह गरेको छ ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.