default_image

6 years ago

July 18, 2019

पुलिस पहिलो पटक ललित मेमोरियलको फाइनलमा

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल पुलिस क्लब पहिलोपटक ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पुलिसले बिहीबार दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३–१ ले पराजित गर्दै पहिलो पटक फाइनलको याा तय गर्दै उपाधिको लागि साविकको विजेता ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँगको भेट पक्का गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा पुलिसलाई फाइनलसम्म पु¥याउन सन्जु सेनले २ तथा रविन राईले १ गाल गरे । जावलाखेलका शीर्षकभक्त श्रेष्ठले एक गोल फर्काए ।

खेलको २८औं मिनेटमा पुलिसले सन्जु सेनको गोलबाट अग्रता बनाएको थियो । ४४औं मिनेटमा शीर्षकभक्त श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा लयाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सन्जुले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिस पहिलो हाफम २–१ ले अघि बढेको थियो । खेल सकिन १ मिनेट बाँकी रहँदा रविन राईले गोल गर्दै टोलीलाई ३–१ को जितसहित फाइनलमा पु¥याए ।

बिहीबारै साविकको विजेता बीबीसीले मनाङमाथि ७–१ को फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ । लिग कम नकआउटका आधारमा २९ जेठबाट शुरु हुने प्रतियोगिताको फाइनल साउन ५ गते आइतबार हुनेछ ।
प्रतियोगितामा ‘ए’ डिभिजनका १४ टोलीका १८ वर्ष मुनिका टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको सुरुवाती दुई संस्करण आर्मी च्याम्पियन बन्दा गत संस्करणमा ब्रिगेड ब्वाईज च्याम्पियन बनेको थियो ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.