6 years ago
July 19, 2019
एजेन्सी – इंग्ल्यान्ड तथा चेल्सीका टिनेजर फरवार्ड कलुम हड्सन ओडोइले चेल्सीमा थप ५ वर्षको सम्झौता नवीकरण गरेको छ । ओडोइको एक वर्ष सम्झौता बाँकी रहँदै चेल्सीले थप ५ वर्षको सम्झौता नवीकरण गरेको हो ।

लन्डन क्लब चेल्सीका नवनियुक्त प्रशिक्षक फ्रान्क लाम्पार्डले १८ वर्षीय युवा सनसनी ओडोइलाई चेल्सीमा राख्न सफल भएको हो । चेल्सीमा ओडोईको हरेक वर्ष १० मिलियन पाउन्डको दरमा पारिश्रमिक बृद्धि हुनेछ ।
ओडोइलाई जर्मन च्याम्पियन बायर्न म्युनिखले ३५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने तयारी गरिरहँदा चेल्सीले ओडोइलाई क्लबमै राख्न सहमत भएको हो । बायर्नले गत जनवरीमामै ओडोइलाई २२ मिलियन पाउन्डको प्रस्ताव गरेको थियो ।

ओडोइले गत मार्चमा चेक रिपब्लिकविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । ओडोइ चोटका कारण अहिले रिह्याविटेसन र उपचारमै व्यस्त छन् । उनी यो सिजनकै शुरुबाटै फिट हुने अपेक्षा गरिएको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]