default_image

6 years ago

July 19, 2019

नेयमार भित्र्याउन बार्सिलोनाको ९० मिलियन र ६ खेलाडीको विकल्प

112 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले ब्राजिल तथा पीएसजीका स्टार फरवार्ड नेयमारलाई अनुबन्ध गर्नको लागि आधिकारिक रुपमा प्रस्ताव अघि सारेको छ ।

पछिल्लोपटक बार्सिलोनाले नेयमारलाई ९० मिलियन पाउन्ड र ६ खेलाडीमध्यबाट २ खेलाडी दिने तयारी गरेको हो । यसै सिजन महँगो मुल्यमा दुई खेलाडी एन्टोइन ग्रिजमन र फ्रान्की डि जोङलाई अनुबन्ध गरेको थियो ।

फाइनान्सियल फेयर प्ले बाट बच्न पनि बार्सिलोनाले नेयमारलाई ९० मिलियन पाउन्ड र २ खेलाडी दिने प्रस्ताव अघि सारेको हो । स्काइ स्पोर्टस्का अनुसार नेयमार ल्याउन बार्सिलोनाले फिलिपे कौटिन्हो, औसमाने डेम्वेले, इभान राकिटिक, नेल्सन सेमेडो र माल्कमलगायतका खेलाडीलाई बेच्ने तयारी गरेको छ ।

नेयमारले जसरी पनि पीएसजी छाड्ने मनसायमा रहँदा बार्सिलोनाले यो प्रस्ताव अघि सारेको हो । २७ वर्षीय नेयमार २०१७ मा कीर्तिमानी १९८ मिलियन पाउन्डमा बार्सिलोनाबाटै पीएसजी पुगेका थिए ।

नेयमार गत सोमबारदेखि पीएसजीको प्रशिक्षणमा सामेल भएका छन् । त्यसअघि उनी ब्राजिलमै ५ ए साइडमा व्यस्त रहेका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.