6 years ago
July 19, 2019
सुबास हुमागाईं, सिंगापुर
गत सिजन च्याम्पियन्स लिगको फाइनलमा टोटेनहम हट्सपर प्रिमियर लिगकै लिभरपुलसँग पराजित हुन पुग्यो । टोटेनहमका प्रशिक्षक मौरिसियो पोचेटिनोले उक्त खेल जितेमा क्लबको इतिहास मात्र नभएर फुटबल इतिहासमा नै उल्लेख्य सफलता हात लाग्ने र त्यसपछि क्लबमा बस्ने-नबस्ने सोच्नुपर्ने बताएका थिए ।

टोटेनहम फाइनलमा २-० ले पराजित भएपछि उनले यसबीचमा मिडिया फुटबलबारे केहि नहेरेको बताएका छन् । शुक्रबार सिंगापुरमा इन्टरनेशनल च्याम्पियन्स कपको पूर्वसन्ध्यामा बोल्दै पोचेटिनोले उक्त हारबाट निकै दुख लागेको स्वीकारे । ‘ हामीले निकै मिहिनेत गरेका थियौं । प्रिमियर लिग सकिएपछि फाइनलको तयारीमा बिताएको केहि साता विशेष रहयो । मैले आफ्नो करिअरमा त्यति उत्कृष्ट समय बिरलै पाएँ । तर हामीले खेल हार्न पुग्यौं,’ उनले सुनाए, ‘ बरु फाइनल हुनुअघि नै सबै आ-आफ्नो बाटो लागेको भए म खुसी हुन्थें, तर फाइनल हार्दाको दुख शब्दमा बयान गर्न सक्दिन ।’
‘फाइनल हारेपनि अब अगाडि बढ्नुको विकल्प छैन । हामी त्यहि टोली छौं र अझ एक कदम अगाडी जान सुरुदेखि मिहिनेत गर्नुपर्छ । हामीले पछिल्लो सिजनमा लगातार सुधार गर्दै आएका छौं र जितको नजिक पुगेका छौं । अब हामीले जितको लक्ष्य लिएर अझै मिहिनेत गर्नेछौं । हामीसँग अझै कडा चुनौतिको सामना गर्नुपर्ने छ र त्यसका लागि खेलाडी र क्लब तयार छौं,’ उनले प्रष्ट पारे ।
उनले हरेक सिजन फरक प्रक्रियासहित अगाडी बढ्ने भएपनि लक्ष्य भने जित्ने नै रहेको बताए । ‘ हरेक सिजन नयाँ किसिमले अगाडी बढ्छौं । गत सिजन फाइनलमा अड्किनु पर्यो, यस सिजन त्यसलाई सुधार गर्नेछौं । अझ भन्नुपर्दा लिगमा समेत हामीले लगातार ४ सिजन शीर्ष ४ मा रहन सफल भएका छौं, त्यो पनि ठूला टोलीविरुद्ध प्रतिस्पर्धा गरेर,’ उनले थपे ।

टोटेनहमले यस सिजन फ्रान्सेली मिडफिल्डर टानगुइ एनडोम्बेलेलाई क्लब कीर्तिमानी रकममा अनुबन्ध गरेको छ । यससँगै डिफेन्डर काइरन ट्रीपिएर भने एटलेटिको म्याड्रिड पुगेका छन् । पोचेटिनोले आफू अहिले उपलब्ध टोली लिएर पनि खुसी रहेको बताएका छन् । ‘ मसँग जुन टोली छ त्यसमा खुसी छु । केहि खेलाडी घाइते छन्, उनीहरु फर्केर आउने छन् । मैले २५ खेलाडी लिएर सिजन कटाउनु छ र म अहिले प्राप्त टोलीबाट खुसी छु,’ उनले थपे, ‘ हामीलाई मिडफिल्डमा खेलाडी आवश्यक परेर टानगुइ आएका हुन् । अब केहि आवश्यकता परेको खण्डमा मैले ड्यानीएल (क्लबका मालिक) लाई भनेको छु, उनले आवश्यक कार्य गर्नेछन् ।’
पोचेटिनोले एसियाली समर्थकहरुको पनि खुलेर प्रशंसा गरे । ‘ म पहिलोपटक सिंगापुर आएको हुँ । मैले यहाँका समर्थकहरुको उत्साह देखेर अचम्मित नै भएँ । प्रशिक्षणमा पनि ठूलो संख्यामा समर्थकको संख्या रहयो,’ उनले भने ।

टोटेनहमले आइतबार इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत खेलमा युभेन्टसको सामना गर्नेछ । खेलका लागि सबै स्टार खेलाडी उपलब्ध रहेको प्रशिक्षक पोचेटिनोले बताएका छन् । क्रिस्टियन एरिक्सन चोटका कारण सुरुवातदेखि खेल्नेमा केहि शंका रहेको उनले जानकारी दिए । खेल नेपाली समयानुसार ५:१५ मा सुरु हुनेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]