6 years ago
July 19, 2019
एजेन्सी – ठूलो क्लबबाट खेल्ने सबै खेलाडीको इच्छा हुन्छ । अधिकांश साना क्लबले ग्रासरुट स्तरबाटै उत्पादन गरेका खेलाडीले मनग्गे पैसा कमाउन थालेका छन् । हिजोआज खेलाडीको प्रतिभा देखेर नै क्लबले अनुबन्ध गर्न मोटो रकम खर्चिन थालिसकेका छन् । अझ यसलाई भन्नुपर्दा फुटबलमा खेलाडीको बजार भाउ अब अनुभव मात्र नभएर उमेर र प्रतिभाले पनि बढ्न थालेको छ ।

सन् २००४ देखि हालसम्म टिन एज अर्थात् १९ वर्षभन्दा कम उमेरमा खेलाडीको अनुबन्धन रकमबारे विवरण दिने प्रयास गरेका छौं । जसमा इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी वायन रोनीदेखि भर्खरै इटालियन क्लब युभेन्टसमा अनुबन्धित भएका म्यथिस डि लिग्ट र एटलेटिको म्याड्रिड पुगेका सनसनी जोआओ फेलिक्स रहेका छन् । यो समरसम्म आइपुग्दा डि लिग्ट पछिल्लो महँगा युवा टिनेजर खेलाडी बनेका छन् ।
१०. रेनाटो साञ्चेज (२०१६–बेन्फिाकाबाट बायर्न म्युनिख)
आधुनिक फुटबलका सुपरस्टार मध्येका क्रिस्टियानो रोनाल्डोसम्मिलित पोर्चुगलले सन् २०१६ मा युरोकपको उपाधि जित्दा टिनेजर रेनाटो साञ्चेज टोलीका नियमित सदस्य बनिसकेका थिए । युरोकप र बेन्फिकामा उच्च प्रदर्शन गरेसँगै उनलाई अनुबन्ध गर्न इंग्लिस क्लब आर्सनल, लिभरपुल र म्यानचेस्टर युनाइटेड गम्भीर रुपमा लागिपरेको थियो । तर, उनलाई बायर्नले २७.५ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको थियो ।
बायर्न पुगेपछि उनले त्यहाँ विरलै मौका पाउदा उनको खेलको स्तर नै खस्किन पुग्यो । त्यसपछि लोनमा इंग्लिस क्लब स्वान्सी आएका उनले १५ खेलमा कुनैपनि गोल गर्न सकेनन् । आफ्नो पुरानो फर्मलाई फर्काउन सकेनन् । २१ वर्षीय सान्चेज अहिले पनि संघर्षमै रहेका छन् ।

९. वायन रोनी (२००४–एभर्टनबाट म्यानचेस्टर युनाइटेड)
प्रशिक्षक सर एलेक्स फर्गुसनले न्यु क्यासल युनाइटेडलाई पछि पार्दै युवा सनसनी वाइने रोनीलाई त्यतिबेलाको कीर्तिमानी मुल्य २७ मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेडमा भित्र्याउन सफल भयो । उनले म्यानेस्टरमा रहँदा ५५९ खेलमा २५३ गोल गर्दै कीर्तिमान समेत बनाए । उनले सर बोबी चार्लटनको कीर्तिमानलाई आफ्नो नाममा लेखाउन सफल भएका थिए । रोनीले युनाइटेडमा रहँदा ५ प्रिमियर लिग र एक च्याम्पियन्स लिग जितेका छन् ।

८. लुक शा (२०१४–साउथह्याम्पटनबाट म्यानचेस्टर युनाइटेड)
लुक शाले सानैदेखि नै म्यानचेस्टर युनाइटेडबाट खेल्ने सपना बुनेका थिए । फलस्वरुप टिनेजमै उनी २०१४ मा ३१ मिलियन पाउन्डमा आफ्नो आइडल क्लब म्यानचेस्टरमा अनुबन्ध हुन सफल भएका थिए । उनी अघिल्लो सिजको प्रिमियर लिगमा युनाइटेडको वर्ष खेलाडी हुन सफल भएका थिए ।

७. लुकास मोउरा (२०१२– साओपाउलोबाट पीएसजी)
पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई फुटबल खेलाडी उत्पादन गर्ने कारखानाकै रुपमा लिइन्छ । यही कारखानाबाट उत्पादित युवा सनसनी लुकास मोउरा १९ वर्षमा सन् २०१२ मा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ३५.५ मिलियन पाउन्डमा अनुबन्धित भए । अहिले उनी इंग्लिस क्लब टोटेनहममा रहेका छन् ।

६. भिनिसियस जुनियर (२०१८–फ्लामेङ्गोबाट रियल म्याड्रिड)
भिनिसियस जुनियर पनि फुटबलको कारखाना देश ब्राजिलबाटै उत्पादित खेलाडी हुन् । फ्लामेङ्गोमा उच्च प्रदर्शनगरेसँगै उनी स्पेनिस महारथी रियल म्याड्रिडको नजरमा पुग्यो । रियलले उनको प्रतिभा देखिपछि उनलाई अनुबन्ध गर्न कुनै ढिलाई गरेनन् । उनी १८ वर्षमा ३८.७ मिलियन पाउन्डमा रियलमा अनुबन्धित भए । पहिलो सिजन केही खेलमा सुरुवाती मौका पाएर प्रभाव जमाएका उनले यो सिजन पहिलो रोजाईमा खेल्ने प्रवल सम्भावना छ ।

५. रोड्रिगो (२०१९–सान्तोसबाट रियल म्याड्रिड)
रियल म्याड्रिडले लामो समयको लागि ब्राजिली युवा सनसनी रोड्रिगो गोजलाई यसै सिजन बर्नबेउमा सार्वजनिक गरेको छ । १८ वर्षीय विङ्गर रोड्रिगोले यो सिजन रियलको ‘बी’ टिममा रहेर आफ्नो प्रतिभा निखार्दै अर्काे सिजन शीर्ष टोलीमा खेल्न योग्ने हुन सक्नेछन् ।

४. एन्थोनी मार्सियाल (२०१५ – मोनाकोबाट म्यानचेस्टर युनाइटेड)
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले एन्थोनी मार्सियललाई २०१५ मा कीर्तिमानी ५८ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सफल भयो । १९ वर्षको उमेरमा युनाइटेड आएका मार्सियलले ११३ प्रिमियर लिग खेलमा ३४ गोल गर्दै आफुलाई प्रमाणित गरिरहेका छन् ।

३. म्याथिस डि लिग्ट (२०१९– आयाक्सबाट युभेन्टस)
डच तथा आयाक्सका युवा सनसनी हुन् १९ वर्षीय डिफेन्डर डि लिग्ट । अघिल्लो सिजन आयाक्सको अद्भुत प्रदर्शनमा उनले नै टोलीको कप्तानी सम्हालेका थिए । उनलाई अुनबन्ध गर्न क्याटलान क्लब बार्सिलोनाले सक्दो प्रयास गरेको थियो । तर, उनलाई इटालियन च्याम्पियन युभेन्टसले यसैसाता ६७.८ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भयो । आयाक्समा सनसनी मच्चाएका उनको युभेन्टसमा खेल हेर्न भने बाँकी नै छ ।

२. जोओ फेलिक्स (२०१९ – बेन्फिकाबाट एट्लेटिको म्याड्रिड)
टिनएज खेलाडीमा यो सिजनको सबैभन्दा महँगा खेलाडी हुन् पोर्चुगिज जोओ फेलिक्स । १९ वर्षीय फेलिक्सलाई ११३ मिलियन पाउन्डमा एट्लेटिकोले केही साताअघि सार्वजनिक गरेको थियो । अघिल्लो सिजन बेन्फिकाको उच्च प्रदर्शन गर्दा उनले पोचुगिज प्रिमेरा लिगमा २६ खेलमा १५ गोल गर्दै आफ्ना क्षमता देखाइसकेका छन् । त्यसैलाई आधार मान्दै उनलाई एट्लेटिकोले ७ वर्षको लागि अनुबन्ध गरेको छ । उनलाई एट्लेटिकोले एन्टोइन ग्रिजमनको विकल्पको रुपमा अघि सारेको छ ।

१. केलियन एमबाप्पे (२०१७– मोनाकोबाट पीएसजी)
सन् २०१७ मा मोनाकोले लामो समयपछि फ्रेन्च लिग वान च्याम्पियन बनाउदा युवा सनसनी केलियन एमबाप्पे उच्च प्रदर्शन गरेका थिए । त्यसलगत्तै उनी लिग वान प्रतिद्धन्द्धी पीएसजीमा कीर्तिमानी १६५.७ मिलियन पाउन्डमा आबद्ध हुन पुगे । त्यहा अहिले उनको जादु जारी छ । गतवर्ष फ्रान्सलाई विश्वविजेता तथा यो सिजन पीएसजीलाई च्याम्पियन बनाउन उनको महत्वपुर्ण भुमिका रहेको थियो ।
एम्बाप्पे विश्व फुटबलमा टिनेजतर्फ पहिलो र समग्रमा दोस्रो सर्वाधिक महँगा खेलाडी हुन् । ब्राजिल तथा पीएसजीका नेयमार १९८ मिलिय पाउन्डसहित सर्वाधिक महँगा खेलाडी रहेका छन् । एमबाप्पेले यो सिजन २९ लिग वान खेलमा ३३ गोल गर्दै आफुलाई प्रमाणित गरिरहेका छन् ।

December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]