6 years ago
July 19, 2019
एजेन्सी – प्रि–सिजन अघिको मैत्रीपुर्ण खेलमा इंग्लिस क्लब चेल्सी जापनिज क्लब कावासाकी फ्रन्टालेसँग स्तब्ध बनेको छ ।

जापानमा शुक्रबार भएको खेलमा फ्रान्क लाम्पार्डको चेल्सी कावासाकीसँग १–० ले स्तब्ध बनेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा ४ मिनेट बाँकी रहँदा कावासाकीका लियान्द्रो डामियोले गरेको गोल नै निर्णायक बन्यो ।
लाम्पार्डले क्लब सम्हालेको तेस्रो खेलमा पहिलो हार बेहोरेको हो । यसअघि चेल्सीले सेन्ट प्याट्रिक एथ्लेटिकलाई ४–० ले पराजित गर्दा बोहिमेन एफसीसँग १-१ को बराबरी खेलेको थियो ।
प्रि–सिजनको दोस्रो खेलमा पनि चेल्सीले जापानी लिग जे लिगको दोस्रो स्थानमा रहेको क्लबलाई दवावमा राखेपनि गोल गर्न असमर्थ बन्दा पराजित हुन पुग्यो ।
अब चेल्सीले २३ जुलाईमा क्याटलान क्लब बार्सिलोनासँग खेल्दैछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]