6 years ago
July 19, 2019
सुबास हुमागाईं, सिंगापुर
इन्टर मिलानका कप्तान तथा फरवार्ड माउरो इकार्डीले अब इटालियन क्लबबाट फेरी नखेल्ने क्लबका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले बताएका छन् । यसै सिजन इन्टरको प्रशिक्षकमा नियुक्त भएका कोन्टेले उनको स्थानमा नयाँ खेलाडी ल्याउने प्रयास जारि रहेको बताए ।

इन्टरले प्रि-सिजनको मैत्रीपूर्ण प्रतियोगिताअन्तर्गत शनिबार सिंगापुरमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोन्टेले इकार्डीलाई कुनै हालतमा टोलीमा नसमेट्ने बताए । ‘ इकार्डीलाई लिएर मेरो निर्णय प्रष्ट छ । उनले अब इन्टरबाट खेल्ने छैनन् । हामीले उनी बिना नै योजना बनाएका छौं । ट्रान्सफर विन्डोमा हामीले फरवार्ड भित्र्याउने प्रयास थालिसकेका छौं,’ कोन्टेले प्रष्ट पारे ।
इकार्डी पछिल्लो समय सामाजिक संजालमा लगातार आफ्नो व्यक्तिगत कारणले चर्चामा छन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीमा समेत नरहेका इकार्डी चीन जाने हल्ला पनि छ । उनले क्लब व्यवस्थापनसँग राम्रो सम्बन्ध नराखेको र ड्रेसिङ रुममा पनि राम्रो संदेश नदिएको आरोप लाग्दै आएको छ ।
इन्टरले पछिल्लो केहि सातायता म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुलाई क्लबमा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो । तर उक्त प्रयास सफल हुन नसकेको कोन्टेले स्वीकारे । ‘ हामीले प्रयास गरेका हौं । तैपनि लुकाकु अझैपनि म्यानचेस्टर युनाइटेडकै खेलाडी छन् । हामीसँग अझैपनि ट्रान्सफर विन्डोमा समय छ । तर हालको लागि उनले युनाइटेडबाट नै खेल्नेछन्,’ कोन्टेले बताए । उनले लुकाकु नआएपनि क्लबले अन्य फरवार्ड भित्र्याउने बताए । इन्टरले प्रि सिजनका लागि युवा टोलीका फरवार्ड मात्र ल्याएको छ ।

म्यानचेस्टर युनाइटेडविरुद्ध खेललाई लिएर भने कोन्टेले आफ्नो टोली तयार रहेको बताए । ‘हामीले १० दिन अगाडिदेखि नै प्रि सिजन सुरु गरेका छौं । हामीले अब कस्तो प्रदर्शन गर्न सकिन्छ त्यो हेर्ने हो । केहि खेलाडीको भविष्यलाई लिएर मैले निर्णय गर्नुपर्ने छ । मेरो योजनामा खेल्न नसक्ने खेलाडीलाई बिदाइ गर्न तयार हुनुपर्छ । ट्रान्सफरमा टोलीबाट बाहिर जाने खेलाडी संख्या धेरै हुनेछ,’ उनले थपे ।
कोन्टेले मिडफिल्डर राड्जा नाइनगोलन पनि आफ्नो योजनामा नरहेको बताए । ‘ उनी मेरो योजनामा छैनन् । मैले क्लबलाई यसबारे जानकारी गराएको छु । केहि खेलाडी छुट्टि सकिएर आएपछि हामीले पूर्ण टोली प्राप्त गर्नेछौं । हाम्रो लक्ष्य राम्रो प्रदर्शन गरेर इन्टरको पुराना सफल दिनमा फर्कनु हो,’ उनले बताए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]