6 years ago
July 19, 2019
बार्सिलोनाले गत शुक्रबार एटलेटिको म्याड्रिडलाई एन्टोइन ग्रिजमनको १ सय २० मिलियन युरो रिलिज क्लज एकमुष्ठ तिर्दै फ्रान्सेली फरवार्डलाई नोउ क्याम्पमा भित्र्यायो ।

लामो समयदेखि बार्सिलोना र ग्रिजमनबीच सम्पर्क भएको र पछिल्लो सिजन चलिरहँदा नै दुई पक्षबीच सम्झौता भएको एटलेटिकोको दावी छ । एटलेटिकोले यसबारे निराशा व्यक्त गर्दै ट्रान्सफर पूरा हुनुभन्दा केहि दिन अघि विज्ञप्ति नै जारि गरेको थियो । म्याड्रिड क्लबले अब यस विषयको कानुनि प्रक्रियामा जाने नजाने हेर्न बाँकी छ । एटलेटिकोले मुद्दा लडेर ग्रिजमनले अगाडि नै सम्झौता गरेको प्रमाणित भएमा बार्सिलोनाले ८० मिलियन युरो तिर्नुपर्ने छ ।
बार्सिलोनामा ग्रिजमन कहाँ खेल्छन् ?
बार्सिलोनाले ग्रिजमनलाई अनुबन्ध गरेसँगै कप्तान लिओनेल मेस्सी र स्टार फरवार्ड लुइस सुआरेजसँग मिलेर आक्रमणमा खेल्ने धेरैको आँकलन छ । मेस्सी र सुआरेजजस्तै ग्रिजमनले आक्रमणको जुनसुकै पोजिसनमा खेल्न सक्ने क्षमता राख्छन् । सुआरेजले आक्रमणको मध्यभागमा खेल्दा ग्रिजमन र मेस्सीले उनलाई सहयोग गर्नेछन् । सुआरेज र ग्रिजमन दुवै आक्रमणमा खेलेको अवस्थामा मेस्सीले यी दुईको पछाडी १० नम्बर पोजिसनमा मिडफिल्ड र फरवार्डको बिचमा खेल्ने सक्छन् ।
पछिल्लो दुई सिजन एएस रोमा र लिभरपुलविरुद्ध च्याम्पियन्स लिगमा लगातार अप्रत्याशित नतिजाको सामना गर्दै बार्सिलोनाको युरोपेली ट्रफी हात पार्ने सपना चकनाचुर भएको थियो । यस्तो अवस्था टार्न भनेर नै ग्रिजमनलाई बार्सिलोनाले अनुबन्ध गरेको हो । ग्रिजमन आक्रमणको जुनसुकै पोजिसनमा खेल्न सक्ने, मिडफिल्डसँग राम्रो समन्वय गर्न सक्ने र उनको शीर्ष श्रेणी फुटबलको अनुभवका कारण पनि बार्सिलोना समर्थकले उनीबाट धेरै अपेक्षा राखेका छन् ।

ग्रिजमनले आक्रमणमा जतिकै प्रभाव डिफेन्समा झरेर नि खेल्न सक्छन् । एटलेटिको म्याड्रिडमा डिएगो सिमिओनीले उनलाई आवश्यक परेको बेलामा डिफेन्ससम्म बल लखेट्ने भूमिका पनि दिएका थिए । शारीरिक रुपमा निपुण मानिने एटलेटिको टोलीमा खेल्दा ग्रिजमनले पनि उक्त पक्षमा आफूलाई सुधारेका छन् । ग्रिजमनलाई विश्व फुटबलका उत्कृष्ट रक्षात्मक फरवार्डको रुपमा पनि लिन सकिन्छ । विशेषगरी विपक्षी बल खोसेपछि हुने काउन्टर अट्याकलाई ग्रिजमनको खेल्ने शैलीले केहि कमी गर्छ ।
के यसको मतलब ग्रिजमनले सहजै बार्सिलोनाको पहिलो रोजाइमा स्थान बनाउन सक्छन् ? अहिलेको अवस्थामा त्यो सहज छ तर बार्सिलोनाले नेयमारलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । नेयमार बार्सिलोना आएको खण्डमा भने कसलाई खेलाउने भन्ने समस्या झन् बढ्नेछ । बार्सिलोनासँग अहिलेको अवस्थामा पनि ओस्मान डेम्बेले, माल्कम र कोउटिन्हो जस्ता खेलाडी आक्रमणमा विकल्पका रुपमा रहेका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]