6 years ago
July 20, 2019
एजेन्सी – अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । शुक्रबार फाइनलमा सेनेगललाई १-० ले पराजित गर्दै अल्जेरियाले दोस्रो पटक उपाधि जितेको हो ।

खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । बागदाद बोउनेदाको प्रहार सेनेगेलका सालिफ सानेलाई लाग्दै गोल भएको थियो । खेल अवधिभर अल्जेरियाले पोस्टमा गरेको एकमात्र आक्रमण नै उपाधि जित्न पर्याप्त रहयो । अग्रता लिएपछि रक्षात्मक देखिएको अल्जेरियाले सेनेगललाई खेलमा फर्कने मौका दिएन ।
पहिलो उपाधि जित्ने दाउमा रहेको सेनेगलले दोस्रो हाफमा रेफ्रीबाट पेनाल्टी पाएको थियो । तर रेफ्रीले पछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै निर्णय परिवर्तन गरे । सेनेगलले खेल अवधिभर दवाव बनाएपनि पाएको अवसरको सदुपयोग गर्न नसक्दा सफल हुन सकेन ।
सन् १९९० मा पहिलो उपाधि जितेको अल्जेरियाले दोस्रो उपाधि जित्दा सन् २००२ पछि उपाधि सम्भावना बनाएको सेनेगल भने निराश हुन पुग्यो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]