default_image

6 years ago

July 20, 2019

‘रोनाल्डोको कारण युभेन्टस आएको होइन’ – डी लिग्ट

134 views

0 Bookmark

एजेन्सी – युभेन्टसले शुक्रबार आयाक्सबाट ६७ मिलियन पाउण्डमा इटालियन क्लब आएका डिफेन्डर म्याथिस डी लिग्टलाई सार्वजनिक गरेको छ ।

सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै डी लिग्टले यूईएफए नेसन्स लिगको फाइनल दौरान पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सुझाव दिएर आफू युभेन्टस नआएको बताएका छन् । उनले त्यसअघि नै युभेन्टस जाने निर्णय गरिसकेको खुलासा गरे । ‘मैले नेसन्स लिगको फाइनल खेल्नुअघि नै युभेन्टस जाने निर्णय गरिसकेको थिएँ । रोनाल्डोले आएर प्रशंसा गर्नु खुसीको विषय हो । तर यसले मेरो निर्णयमा भने फरक पारेन । म नयाँ वातावरणमा आएको छु र अब यहाँ राम्रो प्रदर्शन गर्न प्रतिवद्ध छु,’ उनले भने ।

गत सिजन आयाक्सबाट उत्कृष्ट प्रदर्शन गरेपछि डी लिग्टलाई युरोपका शीर्ष क्लबले अनुबन्धन गर्न प्रतिस्पर्धा नै गरेका थिए । म्यानचेस्टर युनाइटेड, बार्सिलोना, पेरिस सेन्ट जर्मेन लगायत शीर्ष क्लबलाई पछि पार्दै युभेन्टसले मोटो रकम खर्चेर उनलाई अनुबन्ध गरेको हो । यसक्रममा डी लिग्ट क्लबमा रोनाल्डोपछि सर्वाधिक कमाउने खेलाडी पनि बने । उनलाई इटालियन क्लबको तुलनामा अन्य क्लबले धेरै तलबको प्रस्ताव राखेपनि उनले युभेन्टस नै रोजेको बताएका छन् ।

‘मैले युभेन्टस नै रोज्न सहज थिएन । मसँग धेरै विकल्प थियो र कुन सहि हो भन्ने निर्णय गर्न पनि कठिन । यसमा धेरै पक्षले फरक पार्थ्यो तर मेरो लागि मलाई क्लबले कति विश्वास गर्छ भन्ने महत्त्वपूर्ण थियो । मैले कति खेल्न पाउँछु र मेरो भूमिका के हुन्छ भन्ने युभेन्टसले प्रष्ट पार्यो,’ उनले सुनाए ।

‘ म मेरो बाल्यकालदेखि नै इटालीको डिफेन्सबाट प्रभावित थिएँ । मैले आदर्श मान्ने खेलाडी पाओलो माल्डिनी, फ्रान्को बारेसी, एलेसान्द्रो नेस्टा, फाबियो कानभारो लगायत इटालीमा खेलेर विश्वस्तरीय बने । त्यसैले एक डिफेन्डरको हिसाबले यहि उचित निर्णय हुन्छ भन्ने मलाई लाग्यो, ‘ १९ वर्षीय लिग्टले थपे ।

युवा डिफेन्डरले युभेन्टसका समर्थकबाट पनि आफू प्रभावित भएको बताए । ‘ मैले आयाक्सबाट यहाँ खेल्न आएको थिएँ । यहाँको वातावरणले निकै प्रभावित भएँ । हामी यस सिजन ४ प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछौं । सबै उपाधि जित्ने लक्ष्यसहित अगाडि बढ्नेछौं,’ उनले टुंग्याए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.