6 years ago
July 20, 2019
सुबास हुमागाईं, सिंगापुर
युरोपेली सिजन सुरु हुनुअघिको तयारी स्वरूप खेलिने प्रि सिजन प्रतियोगिता इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत शनिबार सिंगापुरको राष्ट्रिय रंगशालामा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब इन्टर मिलान भिड्दैछन् ।

नेपाली समयअनुसार ५:१५ मा सुरु हुने खेलका लागि दुवै टोलीले पछिल्लो दुई दिनदेखि तयारी गरिरहेका छन् । दुवै टोलीले आफ्ना मुख्य खेलाडीलाई पहिलो रोजाइमा उतार्ने बताएका छन् । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले फरवार्ड माउरो इकार्डीलाई टोलीमा सामेल नगर्ने बताएका थिए । उनले टोलीमा फरवार्डको कमी रहेकाले ट्रान्सफर बजारमा जानुअघि टोलीको स्थिति बुझ्न यस खेलले सहज हुने बताएका छन् ।
‘ इकार्डीलाई लिएर मेरो निर्णय प्रष्ट छ । उनले अब इन्टरबाट खेल्ने छैनन् । हामीले उनी बिना नै योजना बनाएका छौं । ट्रान्सफर विन्डोमा हामीले फरवार्ड भित्र्याउने प्रयास थालिसकेका छौं,’ कोन्टेले प्रष्ट पारे । इकार्डी पछिल्लो समय सामाजिक संजालमा लगातार आफ्नो व्यक्तिगत कारणले चर्चामा छन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीमा समेत नरहेका इकार्डी चीन जाने हल्ला पनि छ । उनले क्लब व्यवस्थापनसँग राम्रो सम्बन्ध नराखेको र ड्रेसिङ रुममा पनि राम्रो संदेश नदिएको आरोप लाग्दै आएको छ ।
इन्टरले पछिल्लो केहि सातायता म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुलाई क्लबमा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो । तर उक्त प्रयास सफल हुन नसकेको कोन्टेले स्वीकारे । ‘ हामीले प्रयास गरेका हौं । तैपनि लुकाकु अझैपनि म्यानचेस्टर युनाइटेडकै खेलाडी छन् । हामीसँग अझैपनि ट्रान्सफर विन्डोमा समय छ । तर हालको लागि उनले युनाइटेडबाट नै खेल्नेछन्,’ कोन्टेले बताए । उनले लुकाकु नआएपनि क्लबले अन्य फरवार्ड भित्र्याउने बताए । इन्टरले प्रि सिजनका लागि युवा टोलीका फरवार्ड मात्र ल्याएको छ ।

म्यानचेस्टर युनाइटेडविरुद्ध खेललाई लिएर भने कोन्टेले आफ्नो टोली तयार रहेको बताए । ‘हामीले १० दिन अगाडिदेखि नै प्रि सिजन सुरु गरेका छौं । हामीले अब कस्तो प्रदर्शन गर्न सकिन्छ त्यो हेर्ने हो । केहि खेलाडीको भविष्यलाई लिएर मैले निर्णय गर्नुपर्ने छ । मेरो योजनामा खेल्न नसक्ने खेलाडीलाई बिदाइ गर्न तयार हुनुपर्छ । ट्रान्सफरमा टोलीबाट बाहिर जाने खेलाडी संख्या धेरै हुनेछ,’ उनले थपे ।
कोन्टेले मिडफिल्डर राड्जा नाइनगोलन पनि आफ्नो योजनामा नरहेको बताए । ‘ उनी मेरो योजनामा छैनन् । मैले क्लबलाई यसबारे जानकारी गराएको छु । केहि खेलाडी छुट्टि सकिएर आएपछि हामीले पूर्ण टोली प्राप्त गर्नेछौं । हाम्रो लक्ष्य राम्रो प्रदर्शन गरेर इन्टरको पुराना सफल दिनमा फर्कनु हो,’ उनले बताए ।

यता म्यानचेस्टर युनाइटेडले भने लुकाकुलाई पहिलो रोजाइमा खेलाउँदै उनी टोलीको महत्त्वपूर्ण पाटो रहेको दर्शाउन चाहन्छ । प्रशिक्षक ओले गुनर सोल्स्जरले पत्रकार सम्मेलनमा बोल्दै टोलीमा रहेका अधिकांश खेलाडीले मौका पाउने बताए । ‘केहि खेलाडीले ४५ मिनेट त केहिले ६० मिनेट खेल्न पाउने छन् । सबै खेलाडी हाफ टाइममा परिवर्तन गर्ने छैनौं,’ यसअघि लिड्सलाई मैत्रीपूर्ण खेलमा ४-० ले हराएको खेललाई उदृत गर्दै उनले भने ।
सोल्स्जरले प्रि-सिजनको तयारीलाई लिएर आफू खुसी रहेको बताए । ‘हामीले योजना अनुसार नै अगाडि बढेका छौं । भोलीको खेलमा विपक्षी टोली केहि बलियो छ र हामी क्रमसँग टोलीलाई अगाडी बढाईरहेका छौं । लुक शा र डेविड डे हेया पूर्ण फिट नभएपनि केहि समय खेल्ने अपेक्षा गरेको छु,’ उनले थपे ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]