10 years ago
May 28, 2016
मिलान (एजेन्सी) – अबको केही घन्टामा यस बर्षको युरोपियन च्याम्पियन्स लिगको विजेताको टुंगो लाग्नेछ ।
स्पेन जाने यसअघि नै पक्का भइसकेको च्याम्पियन्स लिग उपाधि जित्न फेरी एक पटक एकै सहरका रियाल मड्रिड र एट्लेटिको मड्रिड आमने सामने हुँदैछन् । दुई बर्षअघि पनि यी दुई टोलीनै फाइनलमा भिडेका थिए । जहाँ रियाल १० औं पटक उपाधि उचाल्न सफल भएको थियो ।
एट्लेटिकोले भने अहिले सम्म त्यो मौका पाएको छैन । रियाल र एट्लेटिको दुवै टोलीमा फर्ममा रहेका खेलाडीको थुपै्र छन् । तर फाइनलमा को चम्कन्छ । त्यसको लागि अब केही घन्टामात्र कुर्नुपर्ने हुन्छ ।
रियालका क्रिस्टियानो रोनाल्डो निर्विकल्प यसपटकको फाइनलमा दर्शकको केन्द्रविन्दुमा हुनेछन् । रियालबाट उनी दोस्रो पटक फाइनल खेल्दैछन् । सँगै यो सिजन उनकै टोलीका अरु खेलाडी र एट्लेटिको खेलाडीले पनि उच्च प्रदर्शन गरिरहेका छन् । अब मात्रै फाइनलमा पनि त्यो जादु गर्न सक्छन् सक्दैनन् प्रश्न त्यहि मात्र बाँकी छ ।
यहाँ केही खेलाडीको चर्चा गरिएको छ । जसले फाइनलमा प्रभाव पार्ने क्षमता राख्छन् ।
फर्नान्डो टोरेस
तीन पटक विश्वकप र तीनै पटक युरोपियन च्याम्पियनसिप खेलिसहेका भेट्रान स्ट्राइकर टोरेस ठूलो प्रतियोगितामा सधै महत्वपूर्ण मानिन्छन् । स्पेनले सन् २००८ र २०१२ मा युरोको फाइनल खेल्दा टोरेसले दुवैमा गोल गरेका थिए । ३२ बर्षे एट्लेटिका स्टारले यो सिजन उच्च प्रदर्शन गर्दै आएका छन् । लिगका पछिल्ला दुई खेलमा पनि उनले गोल गरेका थिए । उनले भने ‘मरो खेल जीवनको एउटा अति महत्वपूर्ण खेल खेल्ने तयारीमा छु ।’
गेराथ बेल
गेराथ बेलले जारी सिजनको च्याम्पियन्स लिगमा गोल गरेका छैनन् । तर पनि स्पेनिस ला लिगाको अन्तिम चरण तिर आइपुग्दा उनको प्रदर्शन स्तरीय रहेको थियो । चोटका कारण क्रिस्टियानो रोनाल्डो मैदान बाहिर रहँदा रियालको अग्रपक्तिको मोर्चा सम्हाल्ने क्रममा बेलले लिगका पछिल्ला चार खेलमा चार गोल गरेका थिए । बेलले रियाल मड्रिडको पछिल्लो च्याम्पिन्स लिग फाइनलमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । दुई बर्षअघि उनले च्याम्पियन्स लिग, कोपा डेल रे र क्लब विश्वकपको फाइनलमा गोल गरेका थिए ।
‘मलाई थाहा छैन यसमा के रहस्यमय हुन्छ,’ बेलले भने,‘ फाइनलमा हरेक खेलाडी उच्च प्रदर्शन दिन प्रतिबद्ध हुन्छ । म आशा छ शनिबारको खेलमा म गोल पनि गर्नेछु र जसले टोलीलाई उपाधि पनि दिलाउनेछ ।’
एन्टेनो ग्रिजमन
फ्रान्सेली स्ट्राइकर ग्रिजमनले यो सिजन उच्च प्रदर्शन गरिरहेका छन् । एट्लेटिकोले च्याम्पियन्स लिगमा गरेका १६ गोलमध्ये ७ गोल ग्रिजमनकै नाममा छन् । ग्रिजमनले तीन गोल टोलीका पछिल्ला तीन खेलमा गरेका थिए । साविक विजेता बार्सिलोनाविरुद्धको दोस्रो लेगमा दुवै गोल उनले नै गरेका थिए । त्यस्तै बार्यन म्युनिखविरुद्धको सेमिफाइन्लमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो । उनले भने,‘ यो सिजन मेरो उत्कृष्ट रह्यो । आशा गरौं यसको अन्त्य पनि महत्वका साथ हुनेछ ।’
करिम बेन्जिमा
अफ द फिल्ड बेन्जिमाको लागि यो सिजन त्यति सन्तोषजनक रहेन । उनी विवादमा मुछिए । तथापी उनी रियालका सबैभन्दा खतरनाक खेलाडीका रुपमा हेरिन्छन् । उनले प्रदर्शन पनि त्यहि अनुरुपको गरेका छन् ।
च्याम्पियन्स लिगमा टोलीका लागि सर्वाधिक गोल गर्नेको सुचिमा उनी दोस्रो नम्बरमा छन् । १६ गोल गरेका रोनाल्डोपछि उनी छन् । उनले ८ गोल गरिसकेको छन् । ला लिगामा पनि क्लबका लागि बढी गोल गर्ने रोनाल्डो पछि उनै छन् ।
साउल निगुज
युवा खेलाडी निगुज एट्लेटिकोका आश्चार्यजनक खेलाडी हुन् । बायर्न म्युनिखविरुद्धको सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको १–० ले जित्दा २१ बर्षे मिडफिल्डर निगुजले नै गोल गरेका थिए । सिजनको उच्च प्रदर्शनका कारण उनी युरो २०१६ को स्पेनिस टोलीका लागि प्रारम्भिक छनोटमा परेको थियो । टोरेस, डिएगो कोस्टा जस्ता भेट्रान खेलाडीको सट्टा स्पेनिस टोलीमा मौका पाउनु उनका लागि महत्वपूर्ण मानिएको छ ।
लुकास भाजक्वेज
एट्लेटिकोका निगुज जस्तै भाजक्वेज पनि स्पेनिस राष्ट्रिय टोलीमा छनोट भएका छन् । रियालका लागि जारी सिजनमा दमदार प्रदर्शन गरेका कारण उनी स्पेनिस टोलीमा समावेश गरिउका हुन् । रियालकै उत्पादन २४ बर्षे फरवार्डले ला लिगा सिजनको अन्त्य तिर पहिलो रोजाइमा पर्ने मौका पाए । जसलाई उनले खेल जान दिएनन् र पटक पटक गोल गर्दै आफुलाई प्रमाणित गर्न सफल भए ।
‘च्याम्पिन्स लिग फाइनल खेल्ने अवसर पाउनु भनेको गर्वको विषय हो,’ भाजक्वेजले भने,‘ यो क्लबको सबैभन्दा माथिल्लो प्रतिस्पर्धा हो । जहाँ बर्षभर गरेको उच्च प्रदर्शनलाई पुनः दोहोराउन आवश्यक छ ।’
दुई बर्षअघि पनि रियाल र एट्लेटिकोले नै च्याम्पियन्स लिग फाइनल खेलेका थिए । तर, त्यति बेला फरवार्डभन्दा अन्य खेलाडी निर्णायक देखिएका थिए । एट्लेटिको डिएगो गोडिनले पहिलो हाफमा गोल गरेका थिए भने दोस्रो हाफको इन्जुरी समयमा रक्षक सर्जियो रामोसले बराबरी गोल गरेका थिए । जसका खेल थप समयमा थकेलिएको थियो । जसमा रियाल ४–१ ले विजयी भएको थियो । शनिबार हुने फाइनलमा रक्षक रियालका रक्षक मार्सेलो र एट्लेटकोका फिलिप लुइस, रियालका मिडफिल्डर टोनी क्रुस, हामेस रोड्रिग्वेज तथा एट्लेटिकाका गावि फर्नान्डेजले पनि प्रभाव पार्न सक्छन् । ‘हामी उत्कृष्ट टोलीविरुद्ध खेल्ने तयारीमा छौं,’ गोडिनले भने,‘ उनीहरुविरुद्ध हामी उच्च प्रदर्शन गर्नेमा विश्वस्त छौं ।’
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]