6 years ago
July 21, 2019
एजेन्सी – युवा फरवार्ड एडवार्ड एनकेइटाको दुई गोल मद्दतमा इंग्लिस क्लब आर्सनलले प्रि सिजनको इन्टर नेसनल च्याम्पियन्स कपमा प्रभावशाली जित निकालेको छ ।

अमेरिकास्थित क्यालिफोर्नियामा आइतबार बिहान भएको खेलमा आर्सनलले इटालियन क्लब फियोरेन्टिनामाथि ३–० को प्रभावशाली जित निकालेको हो ।
इन्टरनेसनल च्याम्पियन्स कपमा आसर्नलको यो लगातार दोस्रो जित हो । आर्सनलले यसअघि जर्मन च्याम्पियन बायर्न म्युनिखलाई ३–२ ले हराएको थियो । लगातार दुई जित निकालेको आर्सनलको ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । च्याम्पियन्स कपका फियोरेन्टिनाको पहिलो हार हो ।
आर्सनलको जितमा युवा फरवार्ड एडवार्ड एनकेइटाले दुई तथा जोसेफ विललकले एक गोल थपे ।
खेलको १६औं मिनेटमा एडवार्ड एनकेइटाले गोल गरेपछि आसर्नल पहिलो हाफमा १–० ले अघि बढेको थियो ।
६६औं मिनेटमा एडवार्ड एनकेइटाले व्यक्तिगत दोस्रो गोल गर्दै आसर्नललाई जित नजिक पु¥याएका थिए । ८९औं मिनेटमा जोसेफले गोल गर्दै आर्सनललाई ३–० को प्रभावशाली जित दिलाए ।
अब आसर्नलले २४ जुलाईमा स्पेनिस क्लब रियल म्याड्रिडसँग तथा फियोरेन्टिनाले बेन्फिकासँग २५ जुलाईमा खेल्नेछ । इन्टरनेसनल च्याम्पियन्स कपमा युरोपका १३ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]