6 years ago
July 21, 2019
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेलले सिजनको सुरुवात अगाडि नै क्लब छाड्ने लगभग पक्का भएको छ । प्रशिक्षक जिनेदिन जिदानले बायर्न म्युनिखविरुद्ध खेलमा बेललाई टोलीमा समावेश नै नगरेपछि बेलले छाड्ने पक्का भएको हो ।

जिदानले बायर्नविरुद्धको खेलमा दुवै हाफमा ११-११ जना खेलाडीले मौका दिएका थिए । तर बेल भने बेन्चमा पनि बस्न नपाएर दर्शक दीर्घामा रहेर खेल हेरेका थिए । जिदानले लामो समयदेखि बेल आफ्नो योजनामा नरहेको र क्लबलाई उनको भविष्य अन्यत्र खोज्न आग्रह गरेका थिए । बेलले भने आफू सम्झौता रहुन्जेलसम्म रियलमा नै रहने बताउँदै आएका छन् ।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै जिदानले बेलको भविष्यबारे अभिव्यक्ति दिए । ‘ उनलाई टोलीमा नराख्नुको कारण क्लबले उनको अन्य स्थानमा जानेबारे प्रयास गरिरहनुको कारण हो । यदि उनले चाडैं क्लब छाड्छन् भने त्यो उनकै लागि राम्रो हो । क्लबको लागि पनि उनको ट्रान्सफरले राम्रो स्थिति हुन्छ,’ जिदानले प्रष्ट पारे । उनले खेलाडीसँग व्यक्तिगत रुपमा भने कुनै प्रभाव न्ररहेको बताए ।
जिदानले बायर्नविरुद्ध टोलीमा यसै सिजन आबद्ध भएका इडेन हाजार्ड, करीम बेन्जेमा र मार्को एसेन्सियोलाई उतारेका थिए । मिडफिल्ड टोनी क्रुस, लुका मोड्रीच र इस्कोले सम्हालेका थिए । दोस्रो हाफमा १८ वर्षिया फरवार्ड रोड्रीगोले डेब्युमा नै गोल गरेका थिए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]